राष्ट्रियसभा अन्तर्गतका चारवटा संसदीय समितिहरु गठन

  बगैचा सम्वाददाता

काठमाडौँ

राष्ट्रियसभा अन्तर्गतका चारवटा संसदीय समितिहरु गठन गरिएका छन् । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले राष्ट्रियसभा अन्तर्गतका चारवटा संसदीय समितिहरुको सदस्यका लागि नाम दिएपछि सो समितिहरु बिहीबार गठन भएका छन् । राष्ट्रिय सभा अन्तर्गतका दिगो विकास तथा सुसासन समिति, विधायन व्यवस्था समिति, प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समिति, राष्ट्रिय सरोकार तथा समन्वय समिति रहेका छन्। असारको सुरु मै राष्ट्रियसभा नियमावली पारित भएपनि प्रतिपक्षी कांग्रेसले नाम नदिँदा समितिहरुको गठन भने हुन सकेको थिएनन्। राष्ट्रियसभाको ५९ सदस्यमध्ये सभाध्यक्ष र उपाध्यक्षबाहेक ५७ जान सांसदहरु अब चारवटा विभिन्न समितिका सदस्य भएका छन्। संघीय संसदको प्रतिनिधिसभामा पनि १२ वटा समितिको गठन हुन भने बाँकि छ। त्यहाँका समितिको गठन पनि कांग्रेसले नाम नदिँदा अड्किएको छ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार