प्रधानन्यायाधीशमा जोशी अस्वीकृत

  बगैचा सम्वाददाता

काठमाडौ

प्रधानन्यायाधीशमा सिफारिस दीपकराज जोशीलाई संसदीय सुनवाई समितिले अस्वीकार गरेको छ । संसदीय सुनुवाई बिशेष समितिले सिफारिस भएका ब्यक्ति अस्वीकार गरेको यो पहिलो पटक हो । प्रतिपक्षी नेपाली कांग्रेसका सांसदहरुले समितिको बैठक बहिस्कार गरेपछि सत्तारुढ दलका दुई तिहाई बहुमत सांसदले प्रधानन्यायाधीशमा जोशीलाई अस्वीकार गरेको हो । सिंहदरबारमा आज झण्डै पाँच घण्टा चलेको बैठकले सर्वसम्मत निर्णय गर्न नसकेपछि बहुमतको आधारमा जोशीलाई अस्वीकार गरिएको हो । प्रधानन्यायाधीशले जिम्मेवारी वहन सम्बन्धमा ठोस अवधारणा र कार्ययोजना प्रस्तुत गर्न नसकेको, शैक्षिक प्रमाणपत्र र जन्ममितिबारे रहेको विवाद लगायत कारण जोशीलाई प्रधान्यायाधीशमा अस्वीकार गरिएको नेकपाका तर्फबाट समिति सदस्य योगेश भट्टराईले जानकारी दिनुभयो । त्यसअघि बैठकमा सत्तारुढ दलका सांसदले जोशीलाई अस्वीकार गर्ने भएपछि कांग्रेसका सांसदहरुले बैठक बहिस्कार गरेका थिए ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार