कामु प्रधानन्यायाधीश दीपकराज जोशी बिदामा आजदेखि ओमप्रकाश मिश्र

  बगैचा सम्वाददाता

काठमाडौ

कायम मुकायम प्रधानन्यायाधीश दीपकराज जोशी आजबाट बिदामा बस्ने भएका छन् । संसदीय सुनुवाइ समितिबाट प्रधानन्यायाधीशका लागि अस्वीकार भएका जोशी १५ दिन बिदामा बस्न लागेका हुन । पूर्वप्रधानन्यायाधीश लगायतले जोशीले राजीनामा दिँदा उचित हुने बताइरहे पनि उनले भने राजीनामा नदिने अडानमा छन् । कामु प्रधानन्यायाधीश जोशीले शनिबार राष्ट्रपति विद्या भण्डारीलाई बिदाबारे जानकारी गराइएको छ ।

अब उनीपछिका वरिष्ठतम न्यायाधीश ओमप्रकाश मिश्रले पेसी तोक्नेछन् । मिश्रले नै कामु प्रधानन्यायाधीशका हैसियतमा सर्वोच्च र न्यायपरिषद्को नेतृत्व सम्हाल्नेछन् । संवैधानिक परिषद्ले सम्भवत: उनलाई नै प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्नेछ । सर्वोच्चका सबैभन्दा वरिष्ठ न्यायाधीशलाई प्रधानन्यायाधीश बनाउने परम्परा छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार