मृगौला पिडित सीताको सहयोगार्थमा बृहत् साँस्कृतिक कार्यक्रम हुने

मृगौला पिडित सीताको सहयोगार्थमा बृहत् साँस्कृतिक कार्यक्रम हुने

काठमाडौ, साउन २०

एक थुकी सुकी सय थुकी नदी भनेझै ‘याक्थुङ हाक्पारे पालाम सयङ’ले दर्जनौ क्यान्सर तथा मृर्गौला पिडित हरुलाई एउटा सामाजिक अभियानता को रुपमा खडाभै अन्दाजी ७० लाख रुपया बिभिन्न बिरामि आर्थिक ले पिडित ब्यक्तिहरुलाई सहयोग गरिसकेकाछन ।यसै क्रममा मैवाखोला गाउँपालिका वडा नं. ६, ‘साबिक फाकुम्वा ९ हाङ्फाबुङ’ निवासी सीता यक्सो नेयोङको दुबै मृगौला फेल भएको कारण उहाँको मृगौला प्रत्यारोपण गर्न आर्थिक सहयोग जुटाउन ‘याक्थुङ हाक्पारे पालाम सयङ’ को आयोजनामा यही साउन २६ गते ललितपुरको चुम्लुङहिम शोभाहिटीमा, राष्टिय स्तरका कलाकारहरुको बेजोड प्रस्तुतीका साथ बृहत् साँस्कृतिक कार्यक्रम हुने संस्थाका महासचिव शैलेन्द्र थेवेले जानकारी गराएकाछन।

उहाँले कार्यक्रमलाई सार्थक बनाउन सम्पुर्ण लिम्बू तथा गैर लिम्बू समुदायका सहयोगि मनहरुलाई सहभागी भईदिन अनुरोध समेत गरेकाछन। कार्यक्रममा ताराप्रकाश लिम्बु, सन्जय तुम्रोक, उत्तमजंग लावति, भिम लिम्बू, सुनिता थेगिम, देशु सुहाङ, खगेन्द्र यक्सो, बविता फोम्बो, लक्ष्मी योङ्गहाङ्ग, मेरिना चेम्जोङ्ग, कुशल थलङ आदि कलाकारहरु द्वारा गित तथा नृत्यको बेजोड प्रस्तुति रहने छ ।
गत महिना बिरामी नेयोङको लागी कोरियामा कार्यरत विभिन्न व्यक्तित्वहरु मनिराज, भरत, बिमल, निस्से, विषेश, बिकम, मोहन कुमार, आश कुमार, पूर्ण,कुमार, नरु नेयोङ आदिबाट एकलाख सहयोग रकम प्राप्त भै सकेको छ ।
उक्त रकम नेयोङ समाज काठमाडौं र याक्थुङ हाक्पारे पालाम सयङको संलक्तमा पिडित स्वयंलाई एक कार्यक्रम बीच हस्तान्तरण गरिएको थियो।

बिरामी को मृगौला प्रत्यारोपन का लागी स्वदेश तथा विदेश कोरिया, हङकङ, बेलायत लगायत अन्य देशहरुमा सहयोग संकलन भैरहेको सयङकी अध्यक्ष रुपा आङ्बुहाङले जानकारी गराएकिछिन । नेयोङ समाज काठमाडौंबाट पनि सहयोग जुटाउने कार्य भइरहेको कुराको जानकारी समाजका संयोजक योगेन्द्र नेयोङले बताए ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार