अपहरित ११ वर्षीय बालक खड्काको हत्या, अपहरणकारी प्रहरी इन्काउन्टरमा मारिए

  बगैचा सम्वाददाता

काठमाडौ
हिजो आइतबार साँझ आफ्न डेरा नजिक काँडाघारीबाट अपहरणमा परेका ११ वर्षीय बालक निशान खड्काको हत्या भएको छ । अपहरित बालक भक्तपुरकोमध्यपुर थिमी-९ स्थितनगदेशमा बन्दै गरेको घरको प्रांगणमाखाल्डो खनेर गाडेको अबस्थामा बच्चाको शव भेटिएको हो। अपहरणकारी २ जना भने सूर्यविनायक नगरपालिका-८ सूर्यविनायक गणेस्थान मन्दिरको दक्षिण क्षेत्रमा अवस्थित ज‌ंगलमा पहरीको इन्काउन्टरमा मारिएको प्रहरीले जनाएको छ। मारिनेहरुमा नुवाकोटका २२ वर्षीय गोपाल तामाङ र सिन्धुपाल्चोकका २३ वर्षीय अजय तामाङ रहेका छन् भने एक जना शंकास्पद महिला पक्राउ परेको पनि प्रहरीले जनाएको छ ।
बालक निशानकी आमा चमेली काँडाघारीमा खाजा पसल चलाउँथिन् । सिन्धुपाल्चोक, ज्यामिरे घर भएका उनका श्रीमान गणेश खड्का भने हाल रोजगारीको सिलसिलामा मलेसियामा छन् । निशान कक्षा ६ मा अध्ययनरत थिए । बेलुका ६ बजे घरबाट निस्किएका बालक फिर्ता नआएपछि उनको खोजि सुरु गरिएको थियो। राति ९ बजेतिर आफूलाई फोन आएको र ४० लाख रुपैयाँ फिरौती मागेको त्यस पश्चात चमेलीले प्रहरीलाई खबर गरेको बताइन । प्रहरीले तत्काल खोजी थाल्यो तर, निशान भेटिएनन् । अपहरणमा परेका निशानलाई खोज्दै जाँदा सोमबार मध्याहृनतिर भक्तपुरस्थित ठिमीको निर्माणाधिन भवनमा उनको शव फेला परेको महानगरीय प्रहरी अपराध महाशाखाका प्रमुख एसएसपी धिरजप्रताप सिंहले बताए।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार