डा.केसी डिस्चार्ज, सम्झौता कार्यान्वयनमा सरकारलार्इ ध्यानाकर्षण

  बगैचा सम्वाददाता

काठमाडौँ

झन्डै दुई साता उपचारपछि अाज मंगलबार डिस्चार्ज भएका डा.गोविन्द केसीले आफूसँग भएका सम्झौताहरु तत्काल कार्यान्वयनमा लैजान सरकारको ध्यानाकर्षण गराएका छन् । केसीले त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा पत्रकार सम्मेलन गर्दै सम्झौता कार्यान्वयनको लागि सरकारलाई ध्यानाकर्षण गराएका हुन्। १३ दिनको अस्पताल बसाइँका क्रममा डा.केसीको ६ दिन आईसीयुमा उपचार गरिएको थियो।

डा. केसीले आफ्ननो १५ औं अनशन तोडाउने क्रममा भएका सहमति कार्यान्वयन प्रक्रिय अगाडि बढाउन सरकारसँग आग्रह गरेका छन् । पत्रकार सम्मेलनपछि जारी एक विज्ञप्तिमा भनिएको छ, ‘चिकित्सा शिक्षा ऐनसम्बन्धीबाहेक कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको काम अघि बढाउन कार्यदल बनाउने तथा जाँचबुझ आयोगले दोषी ठहर्‍याएका पदाधिकारीहरुलाई कारबाही गर्ने लगायत सम्झौताका बाँकी ६ बुँदाहरुलाई तत्काल कार्यान्वयनमा लैजान सरकारको ध्यानाकर्षण गराउन चाहन्छौं ।’

 

उनले साउन १० गते आफूसँग भएका सहमति र सत्तारुढ दलका जिम्मेवार नेताहरु प्रतिबद्धता अनुसार चिकित्सा शिक्षा विधेयक तोडमोड नगरी शीघ्र पारित गराउने समेत विश्वास व्यक्त गरेका छन् । उक्त विधेयक जारी गर्नमा कुनै बहानामा ढिलाई वा छलछाम गर्न खोजिएमा कडा आन्दोलनमा उत्रने समेत डा. केसीले चेतावनी दिएका छन् । उनलेदुई पक्षीय सहमति मन्त्रिपरिषद्‌ अनुमोदन गर्ने सरकारको तर्फबाट भनिए पनि अहिलेसम्म नभएको भन्दै असन्तुष्टि जनाए । मेडिकल शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधार, सबै विपन्न नागरिकको सस्तो, सुलभ र गुणस्तरीय स्वास्थ्य सेवा पाउने अधिकार कार्यान्वयनको मागसहित डा. केसीले पछिल्लो पटक असार १६ गते देखि १५ औं अनशन बसेका थिए । उनको अनशन तोडाउन सरकारले साउन १० गते ९ बुँदे सहमति गरेको थियो ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार