अनेसास हङकङले भानु जयन्ती मनायो

  टोपबहादुर याक्खा

५ अगष्ट, हङकङ– आदिकवि भानुभक्त आचार्यको २०५ औं जन्म दिवसको अवसरमा अन्तर्राट्रिय नेपाली साहित्य समाज, हङकङ च्याप्टरले भानु जयन्ती मनायो ।
अनेसासका अध्यक्ष भविन लिम्बुको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको प्रमुख अतिथि साहित्यकार तथा संस्कृतीविध अतीत मुखिया रहेका थिए । त्यस्तै गरी नेपाली साहित्य प्रतिष्ठानका अध्यक्ष टंक सम्बाहाम्फे, साहित्य श्रृंखलाका संयोजक डी.बी.पालुङवा, समीक्षक समाज हङकङका संयोजक हेम कुमार लावती, हङकङ नेपाली महासंघकी अध्यक्ष रिता गुरुङ लगायतका व्यक्तिहरु अतिथिका रुपमा रहेका थिए ।
कार्यक्रमका सभापति र प्रमुख अतिथिद्धारा चित्रकार रमण गुरुङले बनाएका भानुको चित्र सार्वजनिक गरेसंगै उक्त चित्रमा उपस्थित सबैले खदा र पुष्पगुच्चा अर्पण गरेका थिए । अनेसासका सचिव चित्रकार तथा साहित्यकार दिपेन्द्र राईले भानुको परिचय दिदै वहाँले नेपाली भाषा तथा साहित्यको क्षेत्रमा पुराउँनु भएको योगदानको चर्चा गरेका थिए ।
कार्यक्रमका सभापति भविन लिम्बु, प्रमुख अतिथि अतीत मुखिया, अतिथिहरु टंक सम्बाहाम्फे, डी.बी. पालुङवा, हेम कुमार लावती, रिता गुरुङ लगातले मन्तव्यको क्रममा नेपाली भाषा तथा साहित्यको क्षेत्रमा भानुले पुराउँनु भएको योगदानको चर्चा गरेका थिए ।
अनेसासका सल्लाहकार र कार्य समितिका पदिाधिकारीहरुलाई सम्मान समेत गरिएको उक्त कार्यक्रममा कवि तथा साहित्यकारहरु सुनिता गिरी, पूर्णिमा शाह, टोपबहादुर याक्खा, रोजी शेर्पा, युरिया गुरुङ, रन्जिता थापा, राहेन मेरी, विष्णु मुखिया, दिपेन्द्र राई, रेजिना छेन्चुरी, आयुसी पौडेल, कमल पौडेल, डी.बी. पालुङवा, रमण गुरुङ लगायतले सृजना वाचन समेत गरेका थिए ।
अनेसासका उपाध्यक्ष रमण गुरुङको श्वागत मन्तब्यसंगै शुरु भएको कार्यक्रमलाई महासचिव पूर्णिमा शाहले संचालन गरेकी थिइन ।
२००६ मा पसन तमुको अध्यक्षतामा गठित अनेसास हङकङ च्याप्टर केही वर्ष निष्कृया रहे पछि गत साल भविन लिम्बुको अध्यक्षमा पुनर्गठन भएको साहित्यिक संस्था हो ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार