विराटनगर महानगरपालिकाको कार्यालयमा बम विष्फोट

  बगैचा सम्वाददाता

विराटनगर

विराटनगर महानगरपालिकाको कार्यालयमा बम विष्फोट भएको छ । मेयर भीम पराजुलीको कार्यकक्ष अगाडिको बम विष्फोट भएको समाचार प्राप्त भएको हो । बिस्फोटबाट कुनै मानवीय क्षति नभएको बताइएको छ । बिस्फोट कसले गरायो भन्ने थाहा हुन सकेको छैन। बम बिस्फोट हुँदा मेयरको कार्यकक्षमा उपमेयर इन्दिरा कार्की लगायत केही वडा अध्यक्षहरु उपस्थित थिए। अहिले प्रहरीले महानगरपालिकाभित्र कसैलाई पनि प्रवेश गर्न दिएको छैन। बिस्फोटनबाट कार्यालयका झ्यालका सिसाहरुका साथै को १ झ ४९४ नम्बरको कारमा समेत क्षति पुगेको छ । मोरङ प्रहरीका प्रमुख एसपी मनोज केसीले संलग्न केहीलाई नियन्त्रणमा लिएको बताउँदै उनले तत्काल नाम सार्वजनिक नगर्ने जनाएका छन् । एसपी केसीका अनुसार महानगरपालिकामा कुकुर बम विस्फोट नभएको प्रष्ट्याएका छन् । महानगरपालिकाको सिसीटिभी फुटेज हेरेर घटनाबारे थप अनुसन्धान भइरहेको एसपी केसीले बताएका छन् ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार