सरकारको पाँच महिने उपलब्धी पुस्तिका सार्वजनिक, यस्तो छ प्रगति

  बगैचा सम्वाददाता

काठमाडौँ
केपी ओली नेतृत्व सरकारले आफ्नो ५ महिने उपलब्धिहरू सार्वजनिक गरेको छ । ७८ पुष्ठ लामो पुस्तिकामा सरकारले सिण्डिकेटको खारेजीदेखि हालको वाइड बडीको विमान आवतरणसम्मलाई आफ्नो उपलब्धिको रुपमा उल्लेख गरिएको छ । सरकारले असारसम्ममा गरेको कार्यप्रगतिको पहिलो बुँदामा यातायातको सिण्डिकेट अन्त्य, सुन तस्कारीमाथिको अनुसन्धान र कारबाही र विकास निर्माणको ढिलासुस्ती हटाउने कदम उल्लेख गरेका छन् ।
त्यसैगरी औचित्यहीन भ्रमणमा नियन्त्रण, सार्वजनिक खर्चमा मितव्ययिता, सुरक्षाकर्मी दुरुपयोगको अन्त्य, पेट्रोलियम चुहावट रोक्नका लागि लकिङ प्रणालीको सुरुवात, खरिद अनियमितता रोक्न एकीकृत सूचना प्रणालीको थालनी, सरकारले हवाई सेवा र पर्यटनको पूर्वाधारमा उल्लेखनीय परिवर्तन भएको दाबी गरेको छ। वायुसेवा निगमले वाइडबडी विमान खरिद गरेको, निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको प्रतिवेदन स्वीकृत, गौतम बुद्ध क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्यमा ५२ प्रतिशत भएको प्रगति, लक्ष्यभन्दा बढी राजश्व संकलन, भन्सार प्रणालीमा सुधार, विकास खर्चमा उत्साहजनक वृद्धि, पूँजी बजारमा डिजिटल पेमेन्ट, श्रमिकलाई बैंकबाट तलब, बक्स अफिस प्रणालीलाई पनि सरकारले आफ्नो ५ महिने उपलब्धिमा राखेको छ। यस्तै, कूल १८७ वटा तुइन रहेकोमा ९० स्थानमा तुईन प्रतिस्थापन गरी झोलुङे पुल निर्माण सम्पन्न भएको र ४४ स्थानमा तुइन विस्थापनका लागि झोलुङ्गे पुल निर्माणधीन अवस्थामा रहेको सरकारले जनाएको छ।
प्रधानमन्त्रीको भारत र चीन भ्रमणबाट छिमेक सम्बन्ध नयाँ उचाइमा पुगेको, चीनसँगको पारवहन ढुवानी सम्झौताको बैठक सम्पन्न, विभिन्न अन्तर्राष्ट्रिय फोरमहरुको नेतृत्वमा नेपाल निर्वाचित भएको, जलमार्गका लागि स्थलगत अध्ययन, उर्जा उत्पादनमा बाह्य सहयोग लगायतलाई सरकारले आफ्नो कूटनीतिक उपलब्धि मानेको छ। यस्तै, सडक/रेल पूर्वाधार निर्माणको कार्य तीव्र गतिमा भइरहेको, एकिकृत भन्सार चौकी निर्माण, अरुण तेस्रो जलविद्यूत परियोजनाको शिलान्यास, सिंहदरबार परिसरका भवनहरुमा १ मेगावाट सौर्य विद्युत प्रणाली जडान, उच्च शिक्षा अध्ययनका लागि सहुलियतपूर्ण शैक्षिक ऋणको कार्यविधि निर्माण, पत्रकार वृत्तिकोष स्थापना, औषधिको मूल्य निर्धारण सम्बन्धि कार्यविधि तयारलाई पनि उपलब्धि मानेको छ।

 

aama-book

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार