हङकङमा बान्तावा राईको नेतृत्वमा चुनिए दुर्गाकान्त

                       निर्वाचित पदाधिकारीहरु

गत आईतवार किलिनचुङ युनलोङ स्थित राईहरुको आस्थाको पबित्र स्थल चुलाघर सुप्तुलुङ खिम मा किराँत राई यायोख्खा अन्तर्गतको भाषिक सस्था बान्तावा यायोक्लाखिम हङकङको तेस्रो अधिबेसनले दुर्गाकान्त राईको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध चयन गरेको छ।

      बरिस्ठ उपाध्यक्ष, उपाध्यक्ष, सचीव, सह-सचिव, कोषाध्यक्ष र सह-कोषाध्यक्षमा क्रमशःधिराज बान्तावा, बिक्रम राई, गजेन्द्र राई, दिपेन्द्र राई, धिरेन बान्तावा र सरिता राई निर्बाचित भएका छन भने सदस्यहरुमा, हेमराज बान्तावा, पबित्रा बान्तावा, मौल कुमार राई, किसोर राई, लक्ष्मण राई, गोबिन्द राई, कल्याण राई, शिव कुमार राई चयन भएका छन।
   नवनियुक्त कार्यसमितिले हङकङलाई कर्मथलो बनाइ बसेका सम्पूर्ण बान्तावाहरुलाई एकत्रित गर्दै  आजको बदलिदो परिस्थितिले डायस्पोरामा लोपोन्मुख हुँदै गएको आफ्नो ईस्ट धर्म, सस्कार, रितिरिवाज, भाषा, लिपि, भेषभुषाहरुको संरक्षण र सम्बर्द्धनमा टेवा पुर्याउने, नवनियुक्त अध्यक्ष दुर्गाकान्तले बताए।
   नेतृत्वमा आउनुको आफ्ना उद्देश्यबारे कुरा गर्दै नवनियुक्त अध्यक्ष दुर्गाकान्तले भने “सस्थाले गर्दै आएको कार्यलाई निरन्तरता दिईने छ।विशेष गरि खेलकुद तथा अन्य गतिविधिबाट छरिएर रहेको बान्तावाहरुलाई एकै ठाउमा भेला गराई अन्य भाषिक सस्थाहरु लगायत हङकङका अन्य संघ सस्थाहरु बिच पारस्परिक आपसी सम्मानका साथ सौहार्दपुर्ण र समधुर सम्बन्धमा स्थापना गर्दै बृहत्तर हितको लागि काम गरिनेछ”।
  सन २०१२ मा स्थापना गरिएको उक्त सस्थाको ८० भन्दा बढी आजिवन सदस्य, २०० भन्दा बढी साधारण ससस्यहरु रहेको सचिव गजेन्द्र राईले बताए। उनका अनुसार सन २०१३ मा गरिएको एक नामावली सङ्कलन गर्दा २५०० भन्दा बढी वान्तवाहरु रहेको बताए। यसको आधारमा उनले हङकङमा ४००० भन्दा बढी बान्तवाहरु बसोबास गरिरहेको दावी समेत गरे।
   उक्त सस्थाले खेलकुद, मानविय तथा परोपकारी कार्यमा समेत सकृय उपस्थिती देखाउदै आएको छ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार