भारतका पूर्व प्रधानमन्त्री अटल बिहारी बाजपेयीको निधन

  बगैचा सम्वाददाता

काठमाडौ

भारतका पूर्व प्रधानमन्त्री अटल बिहारी बाजपेयीको आज निधन भएको छ । उहाँको स्थानीय समय अनुसार साँझ ५ बजेर ५ मिनेटमा ९४ बर्षको उमेरमा निधन भएको भारतीय संचारमाध्यम एबीपी न्युजले जनाएको छ बाजपेयीलाई मिर्गौला, छाती र पिसावसम्बन्धी समस्या देखिएपछि गत ११ जुनमा नयाँ दिल्लीस्थित एम्स अस्पतालमा भर्ना गरिएको थियो ।  सन् २००९ मा ‘हर्ट अट्याक’ भएपछि स्वास्थ्यकै कारण बाजपेयी सक्रिय राजनीति र सार्वजनिक कार्यक्रमहरुबाट टाढा बस्दै आएका बाजपेयीको स्वास्थ्य नाजुक बनेसँगै उपराष्ट्रपति एम वैंकया नायडु उनको स्वास्थ्य अवस्था बुझ्न आज बिहानै अस्पताल पुगेका थिए । यसअघि प्रधानमन्त्री नरेन्द्र मोदी र अन्य मन्त्रीहरु पनि हिजो साँझ अस्पताल पुगेका थिए । भारतको इतिहासमै प्रधानमन्त्रीको पाँच वर्षे कार्यकाल पूरा गर्ने उनी एकमात्र गैर कांग्रेसी नेता हुन । उनले १९९९ देखि २००४ सम्मको कार्यकाल सफलतापूर्वक सम्पन्न गरेका थिए । दुई पटक भारतको प्रधानमन्त्री बन्न सफल बाजपेयी भद्र र शालीन राजनीतिज्ञका रुपमा चिनिन्छन । बाजपेयीले सन् १९७७ मा परराष्ट्रमन्त्रीका रुपमा र दोस्रो पटक सन् २००२ मा ११ औं सार्क सम्मेलनका अवसरमा प्रधानमन्त्रीका रुपमा नेपालको औपचारिक भ्रमण गरेका थिए । सन् १९२४ मा मध्यप्रदेशको ग्वालियरमा जन्मेका बाजपेयीको राजनीतिक जीवन सन् १९४२ मा तत्कालीन इष्ट इण्डिया कम्पनीविरुद्धको भारत छोडो आन्दोलनबाट सुरु भएको थियो ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार