माइतीघरमा बलात्कारीलाई कडा सजायँ माग गर्दै महिलाहरुको अर्धनग्न प्रदर्शन

  बगैचा सम्वाददाता

काठमाडौं

आज शनिबार काठमाडौंको माइतीघरमा महिलाहरुले अर्धनग्न लगाएर प्रदर्शन गरेका छन् । बलात्कारीलाई कडा सजायँ हुनुपर्ने माग गर्दै महिलाहरुले अर्धनग्न प्रदर्शन गरेका हुन् । पेटीकोट लगाएर प्रदर्शन गर्नेहरुमा युवतीका साथै तेस्रो लिंगी र पुरुषसमेत थिए । प्रदर्शनकारीमाथि प्रहरीले तितरवितर पारेर केहीलाई पक्राऊ गरी अनामनगरस्थित प्रहरी कार्यालयको हिरासतमा राखेको छ । अर्थनग्न प्रदर्शन भनिए पनि कालो रंगको पेटिकोटले शरीरको लगभग पूरै भाग छोपिएको थियो । यसअघि सरकारले माइतीघरमा प्रदर्शन गर्न नपाइने गरी निशेधित क्षेत्र घोषणा गरेको थियो । तर, सर्वोच्च अदालतले आदेश कार्यान्वयन नगर्न भनेको छ । तैपनि प्रहरीले शान्तिपूर्णरुपमा प्रदर्शनमा उत्रिएकाहरुमाथि हस्तक्षेप गरेको आयोजकहरुको गुनासो छ । प्रदर्शनस्थलबाट प्रहरीले अनामनगर शावित्री सुवेदी जयनारी अभियानकी शावित्री सुवेदीका रिया भण्डारी लगायतलाई पक्राउ गरेको छ । साथै तेस्रो लिंगी सन्ध्या लामालाई पनि प्रहरीले पक्राउ गरेको छ । देशमा बढिरहेको हत्या हिंसा र बलत्कारका घटनाहरुको विरोध गर्दै प्रदर्शनकारीहरुले प्ले कार्डसहित शान्तिपूर्ण प्रदर्शन गरेका थिए ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार