प्रथम कृष्णबहादुर लिंखा मेमोरियल कप–२०१८ को उपाधी एसीई फुटबल क्लबलाई

  टोपबहादुर याक्खा

प्रथम  ट्रफी लिदै एसीई फुटबल क्लब

१९ अगष्ट, हङकङ– प्रथम कृष्णबहादुर लिंखा मेमोरियल कप–२०१८ को उपाधी एसीई फुटबल क्लबले हाता पारेको छ । स्व.कृष्णबहादुर लिंखाको स्मृतिमा पहिलो पटक आयोजित उक्त फुटबल कपका विजेता एसीई फुटबल क्लबले आकर्षक प्रथम ट्रफी तथा मेडलसंगै नगद पुरस्कार हङकङ डलर नौ हजार हाता पार्न सफल भयो ।
ओपन डिभिजन तर्फ १३ र भेट्रान तर्फ ४ गरी जम्मा १७ वटा नेपाली फुटबल क्लबहरुले सहभागिता जनाएको उक्त प्रतियोगितामा जोर्डन फुटबल क्लब उपविजेता बनेको थियो । उपविजेता जोर्डन क्लबले सेकेण्ड ट्रफी तथा मेडलसंगै नगद पुरस्कार हङकङ डलर चारहजार पाँचसय प्राप्त गर्यो ।
त्यस्तै गरी भेट्रान तर्फ साम सेइ पु फुटबल क्लब प्रथम हुंदै आकर्षक ट्रफी तथा मेडलसंगै नगद पुरस्कार हङकङ डलर चारहजार पाँचसय प्राप्त गर्न सफल भयो भने उपविजेता बनेको गोर्खा इन्टरनेशनल फुटबल क्लबले ट्रफी तथा मेडलसंगै नगद पुरस्कार दुईहजार प्राप्त गर्यो ।
उत्कृष्ट खेल प्रदर्शन गर्दै रेफ्री, आयोजक तथा दर्शकहरुको समेत मन जित्न सफल खेलाडी सुरेन गुरुङले वेष्ट प्लेयरसंगै वेष्ट गोल किपरको समेत उपाधी हाता पारे भने युवा खेलाडी दिपेश मोक्तानले हाइहेष्ट स्कोरको उपाधी पाए ।
युन लङस्थित अन हिङ प्लेग्राउण्डमा आयोजित उक्त कार्यक्रम आयोजक तथा लिङमा कन्स्ट्रक्सन एण्ड इन्जिनियरिङ लिमिटेडकी प्रोप्राइटर माया थुलुङ राई, प्रमुख अतिथि किरात राई यायोक्खा हङकङका अध्यक्ष हरिचन्द्र राई र विशेष अतिथिहरु संखुवासभा समाज हङकङका अध्यक्ष टोपबहादुर याक्खा, किरात याक्खा छुम्मा हङकङका पूर्ण प्रसाद देवान, ब्रिटिश गोर्खा भू.पू.सैनिक संघका खडक प्रसाद राई लगायतको हातबाट खेलाडीहरुलाई ट्रफी, मेडल तथा नगद पुरस्कार हस्तान्तरण गरिएको थियो ।
२०१४ मा हङकङमा अल्पायुमै असामयीक निधन भएका आफ्ना समाजसेवी पति स्व.कृष्णबहादुर लिंखाको स्मृतिमा आयोजित कृष्णबहादुर लिंखा मेमोरियल कप आगामी वर्षदेखि रनिङ कपको रुपमा निरन्तर आयोजना गर्दै जाने स्व.लिंखाकी धर्मपत्नि माया थुलुङ राईले बताइन ।
संखुवासभा, तामाफोक घर भई हङकङ बसोबास गर्दै आएका पूर्व ब्रिटिश गोर्खा सैनिक स्वं.कृष्णबहादुर लिंखा लिङमा कन्स्ट्रक्सन एण्ड इन्जिनियरिङ लिमिटेडका संस्थापक समेत हुन । सफल व्यावसायसंगै समाज सेवामा समेत उत्तिकै तल्लिन स्व.लिंखा संखुवासभा समाज हङकङका सल्लाहकार तथा किरात याक्खा छुम्मा हङकङका संस्थापक सल्लाहकार समेत रहेका थिए ।

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार