ललितपुर चुम्लुङको १२औं जिल्ला परिषद बैठक सम्पन्न

४ भदौ ललितपुर
किरात याक्थुङ चुम्लुङ अन्तर्गतको ललितपुर जिल्ला कार्य समितिको १२औं जिल्ला परिषद बैठक २०७५ भाद्र २ गते ललितपुरको आफ्नै भवनमा सम्पन्न भएको छ । संस्थाले आगामी कार्यक्रमको खाकासहित गत आर्थिक वर्षमा गरेको प्रगति र आर्थिक प्रतिवेदन पारित गर्दै बैठक सम्पन्न गरेको हो ।

ललितपुर चुम्लुङले शाखा स्थापनापश्चात् चुम्लुङहिमको निर्माणसंगै भवनको परिसरमा राष्ट्रिय विभिुति फाल्गुनन्द, किराती विभूतिहरु इमानसिंह चेम्जोङ र सिरिजंगाको सालिक र लिम्वु संग्रहालयको स्थापना जस्ता कार्यहरु महत्वपूर्ण मानिन्छन् । ‘

चुम्लुङको १३ वटा जिल्ला शाखाहरुमध्ये सवल र सुढृढ संगठनका लागि ललितपुर चुम्लुङ नमूना जिल्ला हो’ कार्यक्रमको उद्घाटनका अवसरमा चुम्लुङका केन्द्रीय अध्यक्ष योगराज वनेमले प्रशंसा र वधाई ज्ञापन गर्दै भने । ललितपुर चुम्लुङको करोडौंको सम्पत्तिहरु संरक्षण र अद्यावधिक गरेर राख्न ललितपुरका संस्थापक अध्यक्ष मेजर भरतसिं जवेगुले सुझाए । ललितपुर जिल्ला शाखामा कार्य गर्ने रिटायर्ड बृटिस आर्मीमा विभिन्न ओहोदामा रही क्षमता भएको व्यक्तिहरुले सम्हाल्नु भएको पदाधिकारी तथा सदस्यहरुको असल समुहका कारण प्रगति र उन्नतीको उपज भएको कार्यक्रममा सहभागि वक्ताहरु चुम्लुङका पुर्व अध्यक्ष तथा सल्लाहकार अर्जुन लिम्वु, नेपाली सेनाका पुर्व मेजर जनरल गजेन्द्र लिम्वुले बताउनुभयो ।


कार्यक्रमलाई मनोरञ्जण दिलाउन हाक्पारे ख्याली र गितहरु सास्कृतिक परिषदका अध्यक्ष कृष्ण नेम्बाङ, उदय बेघा र गगन लावोतिले प्रस्तुत गरेका थिए ।
कियाचु ललितपुर जिल्ला मा ४५० घर छ सबै घरघर मा पुगेर हामि निमन्त्रना पुर्याउछौ तर उपस्थित सोचेजस्तो हुदैन भन्ने दुखमनकागर्दै सस्थाका उपाध्यक्ष राम बहादुर बखिम ले स्वागत मन्तब्य राखेकाथिए ।
प्रगति प्रतिवेदन सचिव सरसता ईस्पो ले प्रस्तुत गरेखीथिईन भने आर्थिक प्रतिवेदन कोषाध्यक्ष अगेन्द्र वनेमले प्रस्तुतगरे ।
परिषद वैठकमा कियाचु काठमाडौ अध्यक्ष डम्मर बहादुर तुम्बाहाम्फे, भक्तपुर अध्यक्ष साईन बहादुर आङदेम्बे, पूर्ब मेजर नरनल कुमार फुदोङ, कियाचु सल्लाहकार भिम नेम्बाङ, अगमसिं यक्पाङदेन, बिष्णु यक्सो लगायत कियाचुमा आवद्द लिम्बूहरुको बाक्लो उपस्थिति रहेको थियो । अध्यक्ष मकरध्वज वनेम ले कार्यक्रम मा उपस्थित सम्पुर्ण लाई धन्यवाद दिदै आफ्नो मन्तब्यको साथमा कार्यक्रम विषर्जन घोषणागरे ।

सोही दिन कियाचु तालिम कक्षमा किरात याक्थुङ चुम्लुङ याक्थुङ सहयोग कोष को १२औं वार्षिक साधारण सभा तथा पाचौं अभिवेसन सम्पन्न भएकोथियो ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार