ताप्लेजुङको पाथिभरा याङ्वरक गाउँपालिको विवाद चुलिंदै

२ भदौ

ताप्लेजुङ र ताप्लेजुङको पाथिभरा याङ्वरक गाउँपालिकाको कार्यालय भवन कहाँ राख्ने भन्ने विषयको विवाद झनै चुलिदैं गएको छ ।
गाउँपालिका जनप्रतिनिधिहरुले गाउँपालिकाको भवन डाडाँगाउँ भन्ने स्थानमा राख्ने निर्णय गरेपछि त्यस निर्णयको विरुद्धमा गाउँपालिकाबासी आम जनताहरु ससक्त रुपमा विरोधमा उत्रिएका हुन् ।

त्यहाँका स्थानीयले गाउँपालिकाको भवन पुर्णे डाडाँ बजारमा राख्नु पर्ने माग राख्दै पटक पटक आन्दोन गर्दै आएको हो । पुर्णे डाँडाँ बजार र डाडाँगाउँ
झन्डै २ किलोमिटर दुरीको फरकमा रहेको छ ।

आम गाउँपालिकाबासीहरुले पटक पटक स्थानीय जनप्रतिनिधिहरुलाई सुझाप दिंदा, गाउँपालिकाको कार्यालय भवन पुर्णे डाडाँ बजारमा राख्दानै
सबैको भलाई र वैज्ञानिक हुने भन्दै आफ्नो माग आगाडी सारेको हो ।
स्थानीयबासी बताउछ, यद्दपी त्यसकुरालाई वेवास्ता गरेको भन्दै स्थानिय संर्घष समिति बनाएर आन्दोलन गर्नु परेको हो ।

आफुँहरुले उचित र सबैको भलाई हुने मागहरु अघि सार्दा समेत गाउँपालिकाले आफुहरुको मागलाई वेवास्ता गरेको भन्दै स्थानिय पुर्नेडाँडा वजारवासी आक्रोसित बनेका हुन् ।पुर्णेडाँडा वजार वन्द तथा गाउँपालिकाको कार्यालयमा धर्ना दिने लगायतका कार्यक्रम रहेको संर्घष समितिका संयोजक विष्णु लिम्बुले बगैचा डटकम लाई जानकारी दिएको छ ।

आफुहरुको माग पुरा नभएसम्म आन्दोलन कुनै पनि हालतमा नरोकिने संयोजक लिम्बुले बताए ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार