कञ्चनपुरमा गोली चल्यो, कर्फ्यू आदेश जारी

  बगैचा सम्वाददाता

कञ्चनपुर

बलात्कारपछि हत्या गरिएकी १३ वर्षीय बालिका निर्मला पन्तको घटनामा प्रहरीले वास्तविक अपराधीलार्इ लुकाएर मानसिक सन्तुलन गुमाएका विष्टलार्इ सार्वजनिक गरिएको भन्दै आन्दोलन उग्र बनेपछि कञ्चनपुरको भिमदत्त नगरपालिकामा कर्फ्यू आदेश जारी भएको छ । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरका अनुसार पुर्वमा भाषी पुल, पश्चिममा शिव मन्दिर, निङला उच्च मावि, सिपविकास केन्द्र लगायतका आसपासका क्षेत्रमा बिहिबार बेलुका  ५ बजेदेखि शुक्रबार बिहान ७ बजेसम्म कफ्र्यू आदेश जारी भएको हो । आन्दोलनले उग्र रुप लिएपछि बिहीबार स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको थियो । त्यसक्रममा १० जना घाइते भएका छन् ।

प्रहरीले घटनाको २५ दिनपछि मुख्य अभियुक्त दिलिपसिंह विष्टलार्इ सार्वजनिक गरेको थियो । तर, स्थानीयले वास्तविक अपराधीलार्इ लुकाएर मानसिक सन्तुलन गुमाएका विष्टलार्इ सार्वजनिक गरिएको भन्दै आन्दोलन चर्काएका थिए । यता सरकाले  घटनाबारे अनुसन्धान गर्न सह–सचिव हरिप्रसाद मैनालीको नेतृत्वमा उच्च स्तरीय छानबिन समिति गठन गरेको छ । बिहीबार गृहमन्त्रालयमा बसेको बैठकले मैनालीको नेतृत्वमा ५ सदस्यीय छानबिन समिति गठन गरेको हो । मैनाली कारागार व्यवस्थापन विभागका महानिर्देशक हुन् । गृहका प्रवक्ता रामकृष्ण सुवेदीका अनुसार समितिका अन्य सदस्यहरूमा ३ वटै सुरक्षा निकायका प्रहरी नायब महानिरीक्षक (डिआर्इजी) र आन्तरिक मामिला तथा कानुन मन्त्रालय, प्रदेश ७ का प्रतिनिधि छन् ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार