सर्टिफिकेट राखेर विद्यार्थीले कर्जा कहिले पाउँछन् ?…………

१८ भदौ २०७५,
काठमाडौं- सरकारले बजेटमा विद्यार्थीलाई शैक्षिक कर्जा दिने भने पनि त्यो कार्यान्वयनको दिशामा जान नसकेको भन्दै सांसदले प्रश्न गरेका छन्। सोमबार संसदमा मन्त्रीसँग सिधा प्रश्नउत्तोरमा नेपाली कांग्रेसका सञ्जय कुमार गौतमले शैक्षिक कर्जा उपलब्ध गराउने भनेर बजेटमा भनिएको थियो तर विद्यार्थी यो कर्जाबाट बन्चित भएका छन्। यो पपुलर कुरा मात्र हो की, कार्यान्वयन पनि हुन्छ ? भन्दै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीलाई प्रश्न गरे। नेपाल मजदुर किसान पार्टीका प्रेम सुवाल र नेकपा एमालेका विरोध खतिवडाले पनि सर्टिफिकेट राखेर विद्यार्थीलाई दिने सफ्ट लोनको बारे प्रश्न गरेका थिए। सांसदहरुले उठाएको प्रश्नको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणी पोखरेलले जवाफ दिँदै विद्यार्थीले शैक्षिक कर्जा पाउने बताए। ‘दुई वर्ष अघि नै नेपालमा उच्च शिक्षाको लागि सरकारले विभिन्न विधि अपनाउने भनेको थियो। र यो यस पटकको नीति कार्यक्रम र बजेटमा आएको छ’, उनले भने, ‘विद्यार्थीलाई ऋण प्रदान गर्ने कार्यक्रम तयार भएको छ। पहिलो चौमासिकको कार्यक्रमलाई अन्तिम रुप दिन लागेको उनले बताए। यो कार्यविधिलाई सफल बनाउन बैंकलाई उत्तरदायी बनाउनु पर्ने पोखरलेको भनाई छ। प्रमाणपत्रलाई धितो राखेर कार्यक्रम अघि बढाउँदा रोजगारीमा जोड गर्नु पर्ने उनले बताए। ‘सफ्ट लोन कुन कुन विधामा लागु गर्न सक्छौं कार्यविधि तयार भैसकेको छ’, उनले भने, ‘यो अर्थसँग संयोजन गर्नु पर्ने छ। अर्थले पनि गृहकार्य गरिरहेको छ। बैंकहरुको लागि अर्थमन्त्रालयले पहल गर्नु पर्ने पोखरेलले बताए। सस्तो लोकप्रियताको लागि कार्यक्रम नल्याइएको बताउँदै उनले यो आर्थिक वर्षमा कार्यान्वयन हुने विश्वास दिलाए।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार