विकास, सुसासन र सुरक्षा लागि सरकार कठोररूपमा लाग्ने: गृहमन्त्री, कियाचु ३०औं वर्षमा

विकास, सुसासन र सुरक्षा लागि सरकार कठोररूपमा लाग्ने: गृहमन्त्री, कियाचु ३०औं वर्षमा

ललितपुर

गृहमन्त्री राम बहादुर थापाले विकासमा लागि सुसासन, सुरक्षा अपरिहार्य रहेकोले यसका लागि सरकार कठोररूपमा लागि परेको बताएका छन् । किरात याक्थुङ चुम्लुङको ३०औं वार्षिक कार्यक्रममा ललितपुरमा उनले यस्तो बताएका हुन। उनले भने “हिजोका सम्पूर्ण बेतिथिहरूलार्इ निस्तेज गर्न फटाहा, तस्कर विरूद्रध कठोर कदम उठाउन आवश्यक भएकाले कानुनको कानुन हुनु जरूरी रहेकाले सबै जनताहरूले सरकार तथा गृहमन्त्रालयलार्इ सहयोग गर्न अपिल समेत गरेका थिए ।” मन्त्रि थापाले सरकारले विभिन्न विदा कटौतीका बारेमा बोल्दै उनले विकास र सम्रिद्धका लागि श्रम गर्न आवश्यक हुन भन्दै कर्मचारीका काम गर्ने समय बढाउनका लागि विदा कटौती गरीको बताए । विदा कटौती गर्दा उत्पिडित समुदाय, जनजाती र अन्य जाती समुदायबीच विभेद कामय भएको स्विकार्दै उनले सरकारले यसका बारे सच्याउने र परिमार्जित गर्ने बताए । धर्म निरपेक्षताका संविधान जारी भएकाले सोहि अनुसार कानुन संसोधन र परिमार्जनका लागि उठेका आवाजमा सरकारको त्यसमा पनि ध्यानाकर्षण भएको बताए । छोटो समयमा नेपाललार्इ संम्रद्धी मुलुक स्थापित गर्न चाहेको भन्दै उनले रोजगारीका लागि हजारौँ युवा विदेश पलाएनलार्इ रोक्दै रोजगारीको अवसर सृजना गरिन सरकार लागि परेको उनको भनार्इ थियो । विकासमा लागि सुसासन, सुरक्षा अपरिहार्य रहेकोले यसका लागि सरकार कठोररूपमा लागि परेको बताए । अन्तमा मन्त्री थापाले विकास संमृद्धका लागि सुसाशन कायम गर्न जरूरी भएको बताए ।

३०औं वार्षिक उत्सबको अवसरमा तीन दिन भदौ १५,१६ र १७ सम्म लिम्बू र किरातका वारेमा उल्लेखित पुस्तक, ढाकाका कपडा, चित्र लेखन तथा बिभिद सामग्रिहरुको विक्रि तथा प्रदशनि कार्यक्रम भएको थियो ।

वार्षिक उत्सबको पहिलो दिनको कार्यक्रममा प्रमुख अतिथि पुर्व कुलपति बैरागी काईला द्वारा चुम्लुङ हिम प्रांगनमा रहेको तीनजना बिभुति ईमानसिङ चेम्जोङ, फाल्गुनन्द लिङदेन र श्रिजङा को मुर्तिमा मालार्पणका साथमा प्रदर्शनी हललाई दिप प्रजलन गरि रिबन काटेर कार्यक्रमलाई उदघाटन गरिएकम थिए । अध्यक्ष लगायत चुम्लुङका पदाधिकारिका साथमा प्रमुख अतिथि प्रदर्शनि हलभित्र अवलोकन गरे लगतै औपचारिक कार्यक्रममा पुर्व प्रमुख जिल्ला अधिकारि भगिराज ईङनाम कृत पुस्तक ‘लिम्बू जातिको ईतिहास’ प्रमुख अतिथि काईला कै हातबाट विमोचन समेत गरिएको थियो । सोही दिन आदिवासी संगठनहरुको अनुभव आदानप्रदान तथा शुभकामना कार्यक्रम पनि सम्पन्न भएको थियो । किरात याक्थुङ चुम्लुङको अवधारणा तथा वार्षिक कार्यक्रमका बारेमा महासचिब निरन्ती ताेम्बापाेले प्रष्टाएउनका साथै जानकारी दिएका थिए ।

दोस्रो दिन मञ्जुल कुमार याक्थुम्बाको प्रमुख आतिथ्यमा विशिष्ट, संरक्षक, आजिवन सदस्य, सस्थापक पुर्व पधाधिकारिहरु तथा सदस्यहरुबिच भेटघाट तथा अन्तरकृया कार्यक्रम भएको थियो । किरात याक्थुङ चुम्लुङ आत्मनिर्भर अक्षय कोषको अवधारणाका बारे कोषाध्यक्ष डम्बर तेम्बेले संक्षिप्त जानकारी गराएका थिए । साथै उनले हाल कोषमा ३८ लाख रहेको र १ करोड पुर्याउने लक्ष्य राखेको जानकारी गराए थिए । अक्षयकोषका निम्ति सोहि दिन दिल लावतीले १ लाख २५ हजार ५ सय ८५, मेजर जर्नल होमित कुमार लावतीले १ लाख तथा कोषाध्यक्ष डम्बर तेम्बेले १ लाख सहयोग गर्ने उद्घोष गरेका थिए ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार