एसपी माझीलाई ‘प्रवल जनसेवा श्री’ पदक प्रदान………….

२० भदौ २०७५,
इटहरी- प्रेमी र उनका साथी मिलेर इटहरी तरहराकी १६ वर्षीया बालिकालाई जबरजस्ती बलात्कार गरेको घटना ‘गुपचुपुमा मिलापत्र गरेको आरोपमा कारबाहीमा परेका नेपाल प्रहरीका एसपी विद्यानन्द माझीलाई सरकारले ‘प्रवल जनसेवा श्री’ पदक प्रदान गरेको छ। प्रहरीले उच्चस्तरीय छानबिन समिति गठन गरी तीन महिनासम्म निलम्बन गरेर ग्रेड रोक्का गरी कारबाहीमा परेका एसपी माझीलाई मंगलबार ‘प्रवल जनसेवा श्री’ पदक प्रदान गरिएको हो। राष्ट्रपति विद्यादेवी भण्डारीले समाजका विभिन्न क्षेत्रमा उत्कृष्ट योगदान पु-याएका व्यक्तित्वलाई विभिन्न विभूषण एवम् मानपदवीबाट विभूषित गरेकी हुन्। यसैक्रममा एसपी माझी पनि ‘प्रवल जनसेवा श्री’बाट विभूषित भएका हुन्। एसपी माझी अहिले जिल्ला प्रहरी कार्यालय डोटीका प्रमुख हुन्। पुस–१६ गते इटहरीकै वडा नं. २ मा १६ बर्षीया बालिका बलात्कार गरेको घटना ‘गुपचुपु मा मिलापत्र गरेकोमा घटना भएको एक महिनापछि छानबीन भएको थियो। एसपी माझी सुनसरी जिल्ला प्रहरी प्रमुख हुँदा माघ २३ गते निलम्बनमा परेका थिए। तत्कालीन प्रहरीको प्रदेश नं. १ का एआईजी पशुपति उपाध्यायले संघीय प्रहरी एकाइ धरानका तत्कालीन एसएसपी हरिबहादुर पालको नेतृत्वमा पाँच सदस्यीय समिति गठन गरेर छानबिन गरिएको थियो। छानबिन समितिको सिफारिसअनुसार, तत्कालिन सुनसरी प्रहरी प्रमुख एसपी माझी र इलाका प्रहरी कार्यालय इटहरीका इनिस्पेक्टर चिरञ्जिवी दाहाललाई गृह मन्त्रालयले निलम्बन गरेको थियो। निलम्बन गरेको तीन महिनापछि प्रहरी प्रधान कार्यालयले एसपी माझीको ग्रेड रोक्का गरेर निलम्बन फुकुवा गरेको थियो । त्यसपछि उनलाई डोटीको प्रहरी प्रमुखको जिम्मेवारी दिइएको थियो। बलात्कार घटनामा संलग्न भएको आरोपमा बालिकाका प्रेमी धरान वडा नं. ८ का ३६ वर्षीय जोकम सुब्बा र जोकमका साथी विराटनगरका मनिष भन्ने जीवन श्रेष्ठ पुर्पक्षका लागि कारागार चलान भएका छन्।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार