हङकङकि महिला मायाजालमा फसे पछि यसरी भईन कन्तबिजोक

भनिन्छ प्रेममा सबथोक जायज ठानिन्छ। त्यसैले नै त जिवनलाई एक प्रतियोगि खेल र साचो प्रेमलाई बिजेताको ट्रफी मानिन्छ। मन मुटु बाटै साचो माया गर्नेहरुले कुनै कसर बाकी राख्दैनन। बिना हिच्किचाहट बिना सर्त आफ्नो सर्बस्व दिन्छ्न।

भनिन्छ प्रेममा सबथोक जायज ठानिन्छ। त्यसैले नै त जिवनलाई एक प्रतियोगि खेल र साचो प्रेमलाई बिजेताको ट्रफी मानिन्छ।
मन मुटु बाटै साचो माया गर्नेहरुले कुनै कसर बाकी राख्दैनन। बिना हिच्किचाहट बिना सर्त आफ्नो सर्बस्व दिन्छ्न।
यस्तै मायामा बिश्वास गर्नाले एक हङकङकि एक ६६ बर्षिय व्यापारी महिलाले ठूलो आर्थिक क्षति बेहोर्नु परेको छ। तिनले एक पुरुषको प्रेममा फसे पछि १८० मिलियन हङकङ डलर वा झन्डै २ अर्ब ६४ करोड रुपैया गुमाएकी छिन।
हङकङका धनाढ्यहरु बसोबास गर्ने स्थान मिडलेबल निवासी प्रोपर्टी एजेन्टमा प्रमुख ती महिलाले सन २०१३ मा आफ्नो पति गुमाएका थिए। पतिबियोग पछि एक्लो महसुस गरेकी ती महिलाले सन २०१४ मा लभस्ट्रक डेटिङ वेब साईट को डेटिङ “टु ईन्जिनियर” मार्फत एक पुरुष फेला पारिन। बेलायतमा ईन्जिनियर काम गर्ने बताउने उक्त ब्यक्ती सङ्ग ति महिला गहिरो प्रेममा फसिन।
उक्त कथित ईन्जिनियरले ती महिलाको मन पेट जिते पछि व्यापार गर्ने र विभिन्न बहानामा पैसा माग्न थाले। प्रेम ले अन्धो बनेकी उक्त महिलाले सन २०१४ देखि गत जुलाई सम्म २०० पटक ती ब्यक्तीको खातामा हङकङ डलर १८० मिलियन जम्मा गरिदिईन। उक्त रकम ती महिलाले आफ्नै बचत खाता बाट जम्मा गरिदिएकि थिइन।
जब उक्त ब्यक्ती गत जुलाई बाट एकाएक सम्पर्क बिहिन भए तब मात्र आफु ठगिएको महसुस गरिन। र गत महिना प्रहरी समक्ष उजुरि गरिन।उक्त ठगी कान्डको बारेमा वान चाई रिजनल क्राईम युनिटले अनुसन्धान गरिरहेको हङकङ बाट प्रकाशित द स्टान्डर्डमा उल्लेख गरिएको छ। अहिले सम्म ती अपराधी प्रक्राउ पर्न सकेको छैन।
हङकङमा लभस्ट्रक जस्ता प्रेम रोमान्स डेटिङ, बिबाहका लागि म्याचमेकिङ र सोसल ईभेन्टका लागि विभिन्न वेबसाईट र आप्सहरु सन्चालनमा छन। उक्त साईटमा सन्सारभरका प्रोफेसनलहरु सहित ६०, ००० भन्दा बढी दर्ता भएका सदस्यहरु छन।
हङकङमा यस्ता रोमान्स ठगीमा कान्डमा हरेक बर्ष सयौ मिलियन डलर ठगिने गरेका छन।ठगिहुने हरुमा ९०% महिलाहरु हुने गरेको प्रहरीको रेकर्डमा उल्लेख छ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार