अल्टिच्युड एयरको हेलिकप्टर दुर्घटना………

भाद्र २४, २०७५

नुवाकोट — अल्टिच्युड एयरको हेलिकप्टर दुर्घटनामा मृत्यु भएकाहरुको शव आइतबार काठमाडौं ल्याउने तयारी भइरहेको छ । दुर्घटनास्थल धादिङको मेघाम डाँडाको जंगलबाट रातभर हिडेर आइतबार बिहान नुवाकोटको त्रिशुली अस्पताल पुर्‍याइएको छ । पोष्टमार्टमका लागि हेलिकप्टरबाट शव काठमाडौं ल्याउने तयारी भइरहेको छ। त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा पोष्टमार्टम पछि आफन्तलाई बुझाइने छ। गोरखाको सामागाउँबाट शनिबार बिहान पाइलटसहित ६ जना नेपाली र एक जापानी नागरिक बोकेर आएको अल्टिच्युड एयरको हेलिकप्टर नुवाकोटको मेघाङ गाँउपालिका–१ बर्सुन्चेतको मैलुङ पाखास्थित खोँचमा दुर्घटना भएको थियाे। हेलिकप्टरमा सवार ७ जना मध्ये ६ काे मृत्यु भएको छ। एक जना महिलाकाे जिवितै उद्धार गरिएकोथियाे। उनकाे राजधानीस्थित मेडिसिटी अस्पतालमा उपचार भइरहेकाे छ।

 

aama-book

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार