प्रधानन्यायाधीशमा ओमप्रकाश मिश्रको नाम अनुमोदन

  बगैचा सम्वाददाता

काठमाडौ

संघीय संसदको संसदीय सुनुवाई समितिले प्रधानन्यायाधीशमा ओमप्रकाश मिश्रको नाम अनुमोदन गरेको छ । सिंहदरवारमा आज बसेको संसदीय सुनुवाई समितिको बैठकले उनको नाम सर्वसम्मत अनुमोदन गरेको हो । संसदीय समितिले स्वीकृत गरेपछि मिश्रलाई सर्वोच्च अदालतको प्रधानन्यायाधीश हुने बाटो खुलेको छ । सर्वोच्च अदालत चैत देखि नेतृत्वबिहीन छ । प्रधानन्यायाधीशको नियुक्ती भने राष्ट्रपतिले गर्ने संवैधानिक व्यवस्था छ । संवैधानिक परिषद्को गत भदौं ७ गते बसेको बैठकले कायममुकायम प्रधानन्यायाधीश मिश्रलाई प्रधानन्यायाधीका रुपमा प्रस्ताव गरेको थियो । बरिष्ठतम न्यायाधीश दिपकराज जोशीको नाम सुनुवाई समितिले अस्वीकृत गरेपपछि परिषद्ले अर्का न्यायाधीश मिश्रलाई अघि सारेको हो । मिश्रबिरुद्ध ४ वटा उजुरी परेका थिए । न्यायसम्पादनमा केन्द्रित ती उजुरीबारे समितिले हिजै उजुरीकर्तासँग छलफल गरेको थियो । सांसदहरुको जवाफ दिने क्रममा मिश्रले शुन्यसहनशीलता अपनाएकाले न्यायालयमा भ्रष्टचार न्युन भएको भन्दै प्रधानन्यायाधीशमा नियुक्ती प्रक्रिया जे जस्तो भएपनि नियुक्तीपछि कसैको पक्षपोषण गर्न नसक्ने मिश्रको भनाई थियो ।  अदालतले फैसला गर्दा कागज, प्रमाण र कानुनका आधारमा गर्ने भएकाले पक्ष र बिपक्ष नहुने जिकिर गर्दै उनले फैसला भएरपनि सजाय भुक्तान गर्न धेरै बांकी रहेकाले आगामी दिनमा योजना बनाएरै काम गर्ने आश्वासन दिए । छलफलका क्रममा सांसदहरुले न्यायालयलाई निस्पक्ष र भयरहित बनाउन मिश्रको कार्ययोजना माग गरेका थिए ।

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार