‘सायाबुङ’ भोलि विषेश प्रदर्शनी हुने ।

काठमाडौ

त्रिकोणात्मक प्रेममा सुम्निमा काठमाडौ किराँती छोरी सुम्निमासँग एउटा टुहुरा लिम्बुको छोरा र उसका काका गोठको बसार्इमा त्रिकोणात्मक प्रेम सम्बन्धमा परेकी छिन ।

सुम्निमा र उनीहरूको त्रिकोणात्मक प्रेम सम्बन्धमा कस्तो थियो भन्ने कुरा ‘सायाबुङ’ देख्न सकिने भएकोछ । द पाल्म ग्रुप प्रालिको ब्यानरमा निर्माण गरिएको सायाबुङ चलचित्रले किराँतीहरुको परम्परागत मूल्य र मान्यतालाई प्रस्तुत गरिएको निर्माण समूले बताएको छ। साया रार्इले लिखित तथा भगिराज रार्इके निर्देशनमा तयार पारिएको चलचित्र ‘सायाबुङ’ भोलि ३० गते सनिबार किरात रार्इ यायोक्खा केन्द्रिय कार्यालय सुम्निमा हलमा प्रदर्शन हुदैछ । चलचित्रमा पुर्वको सुन्दर स्थलहरु सन्दकपुर, फालेलुङ, सिदिन, सिलौटी, लब्रेकुटी र भारतको मणीपुर जस्ता ठाँउहरुमा छांयाकण गरिएको छ ।

चलचित्रमा भाषा सम्पादन सगुन सुसारा, शब्द र संगीत भक्त सुनुवार र उदय नेम्बाङ स्वर दिपक लिम्बु, रजिना रिमाल, दिपा लामा, उदय नेम्बाङ, गौरिमान रार्इ, भगिराज रार्इको छ भने कलाकारहरु सौजन सुब्बा, निशा राई, सगुन सुसारा, साया राई, राहुल राई, दर्पण राई, उमेश राई र दिब्य आङ्देम्बेको अभिनय रहेको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार