चलचित्र ‘सायाबुङ’ काठमाडाैँमा भब्य प्रदर्शन

काठमाडौ

पान्थरे भगिराज राईको कथा तथा निर्देशनमा बनेको चलचित्र ‘सायाबुङ’ शीरफुल को भब्य प्रदर्शन भएको छ ।

किरात राई संस्कृतिमा आधारित चलचित्र ‘सायाबुङ’ (शीरफुल) किरात राई यायोक्खा भवन कोटेश्वरस्थित सुम्नीमा हलमा हिजो विशेष प्रदर्शनी भएको हो ।

चलचित्रमा सुम्निमालाई पारुहाङ र मिराकले मन पराएको हुन्छ तर सुम्निमाले को सँग बिवाह गर्छ ? उनीहरूको त्रिकोणात्मक प्रेम सम्बन्धमा कस्तो थियो भन्ने कुरा ‘सायाबुङ’ मा  देख्न सकिन्छ ।

द ह्वाइट फेसले आयोजनामा सम्पन्न भएको कार्यक्रमको को प्रमुख अथिति किरात राई यायोक्खाका कार्यबाहक अध्यक्ष दिवश राईले ब्यानर ओपन गरेर दिप प्रजलन गर्दै  उनले यस्तो फिल्मको निर्माणले संस्कृतीको संरक्षणमा ठूलो योगदान पुग्ने, आफु समय ब्यस्तताले फिल्म हेर्न नसकेको तर अवस्य हेर्ने भनाई राख्दै चलचित्र निर्माण टिमलाई बधाई दिए ।

त्यस्तै नेपाल कम्यूनिष्ट पार्टीका केन्द्रिय सदस्य तथा संघीय सांसद सुदन किरातीले संस्कृती संरक्षण तथा पहिचानको आन्दोलनमा चलचित्र क्षेत्रको पनि ठूलो भूमिका रहेको बताए ।

चलचित्र हेरिसकेपछि वरिष्ट गायक तथा संगितकार जितेन राई, फिल्म हेर्ने मान्छेको आ-आफ्नै दृस्टिकोन हुन्छ समग्रमा ‘सायावुङ’ राम्रो भएकाे बताए । निर्देशन पनि राम्रो छ, भावनाबाट लेखिएको हुनाले कथा पनि राम्रो छ पुर्वि पाचँथर ईलाम तिर छायाँकण भएको रहेछ थात्थलोले आफुलाई छोएको कुरा बताए ।

सोचेको भन्दा ज्यादा दर्शकहरु आइदिएको हुनाले जतिपनि भोगिएका दुखहरु विर्सेको र आफु एकदमै खुसि भएको कुरा चलचित्र निर्मात्रि साया राईले बताईन । आफ्नो सभ्यता, संस्कार र सस्कृतिलाई जगेर्ना गर्ने उदेश्यले चलचित्र निर्माण गरिएको कुरा चलचित्रमा कथाकार तथा निर्देशक भगिराज राईले बताए ।

द पाल्म ग्रुप प्रालिको ब्यानरमा निर्माण गरिएको सायाबुङ चलचित्रमा पुर्वको पहाडी क्षेत्र सन्दकपुर, फालेलुङ, सिदिन, सिलौटी, लब्रेकुटी र भारतको मणीपुर जस्ता ठाँउहरुमा छांयाकण गरिएको छ ।

भाषा सम्पादन सगुन सुसारा, शब्द र संगीत भक्त सुनुवार र उदय नेम्बाङ स्वर दिपक लिम्बु, रजिना रिमाल, दिपा लामा, उदय नेम्बाङ, गौरिमान रार्इ, भगिराज रार्इको छ भने कलाकारहरु सौजन सुब्बा, निशा राई, सगुन सुसारा, साया राई, राहुल राई, दर्पण राई, उमेश राई र दिब्य आङ्देम्बेको अभिनय रहेको छ ।

यस चलचित्र झापा, बिर्तामोड, इलाम, धरान लगायत नेपालको अन्य ठाउँमा समेत प्रदर्शन गरिने निर्देशक भगीराज राईले बताए । त्यसैगरी भारतको दार्जी्लिङ, सिक्किम, मणिपुर, कालेबुङ, दिल्ली र साउदी अरबमा पनि प्रदर्शन गर्ने मिति तय भइसकेको राईले जानकारी गराए ।

औपचारिक कार्यक्रममा ‘द ह्वाइट फेस’ का संयोजक पदम लिम्बू द्वारा क्यान्सर पिडित सुन्दर नेम्बाङलाई रु १० हजारको चेक हस्तान्तरण गरिएको थियोभने चलचित्रमा कलाकार संगितकार पत्रकारहरुलाई सम्पानपत्रको साथमा मायाको चिनो प्रदान गरिएको थियो र अतिथिहरुलाई मायाको चिनो प्रदान गरिएको थियो ।

 

 

 

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार