नुमा कलेक्सनको सुरूवात

काठमाडौ

लामो समय बैदेशिक रोजागरीको सिलसिलामा इजरायलमा रहि नेपाल आइ आफ्नै देशमा केहि गर्ने हेतु बोककी रूपा लोकसम लिम्बुले होलसेल व्यापार सुरू गरेकी छिन । काठमाडौ स्थित होलसेल बजार महाबौद्धमा नुमा कलेक्सनको सुरूवात गरेकी हुन। आज नुमा कलेक्सनको उद्घाटन भने उनका मामा पूर्वमन्त्री मान बहादुर जबेगूले गरे । दीप प्रज्योलनका साथ रिवन काटि पसलको सुभ साइत गरिएको थियो । अनौपचारिक उक्त कार्यक्रममा लिम्बु समुदायका मानुभावहरूको बाक्लो उपस्थिती रहेको थियो । उपस्थित मानुभावहरूले उनलार्इ वधार्इ दिएका थिए । उद्घाटनकै दिनमै उनले लाख भन्दा माथिको व्यापार समेत गरेकी छिन । ब्यापारसँगै उनले व्यापार राम्रो हुन विश्वास व्यक्त गरेकि छिन् । नुमा कलेक्सनमा पुरूषका वस्त्रहरू सर्ट, पाइन्ट, ज्याकेट, टिसर्ट, हाफ पाइन्ट तथा जिन्सका अन्य लुगाहरू पाउन सकिन्छ । नुमा कलेक्सन काठमाडौ २७ महाबौद्ध सेतो स्तुपा नजिकै रहेको छ । उनलार्इ ब्यापारमा इन्द्र लोकसमले साथ दिरहेकी छिन । इन्द्र लोकसम पनि बैदेशिक रोजागरीको सिलसिलामा मलेसियमा ४ वर्ष बसिसकेकी हुन ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार