दशैका लागि अग्रिम टिकट बुकिङ नहुने

  बगैचा सम्वाददाता

काटमाडौ
दशैंका लागि अग्रिम टिकट बुकिङ् नखुल्दा सर्वसाधारणहरू अन्योलमा परेका छन्। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले आसन्न दशैंका लागि सवारी साधनको अग्रिम टिकट बुकिङ तत्काल खुल्ला नगर्ने निर्णय गरेको छ । महासंघको हिजो बसेको बैठकले आफ्नो माग पूरा गर्न सरकार उदासिन रहेको भन्दै अग्रिम टिकट बुकिङ खुल्ला नगर्ने निर्णय गरेको हो । यसअघि सरकार र यातायात व्यवसायीबीच असोज ५ गतेदेखि अग्रिम टिकट बुकिङ खुलाउने सहमति भएको थियो। हिजो बिहानै बसपार्क पुगे पनि अग्रिम टिकट बुकिङ खुला नहुँदा खाली हात फर्केका छन्। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका महासचिव सरोज सिटौलाले चाडवाडको मुखमा आएर १० दिनको बीचमा दुई पटक पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेपछि व्यवसायी तथा यात्रु मारमा परेको भन्दै मूल्यवृद्धि फिर्ता नभएसम्मका लागि अग्रिम टिकट बुकिङ खुला नगर्ने निर्णय गरेको जानकारी दिए। महासङ्घका अध्यक्ष योगेन्द्रनाथ कर्माचार्यले असोज २ गते नै विज्ञप्ति जारी गरी ४८ घण्टाभित्र मूल्यवृद्धि फिर्ता नलिए अग्रिम बुकिङ खुला नगर्ने घोषणा गरेका थिए।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार