वाषिर्क ६० अर्ब भन्दा बढी देशलार्इ आर्थिक क्षतीः सांसद यज्ञराज सुनुवार

  बगैचा सम्वाददाता

काठमाडौं
नेकपाका सांसद यज्ञराज सुनुवारले वाषिर्क ६० अर्ब रुपैयाँ भन्दा बढीको देशलार्इ आर्थिक क्षती भइरहेको बताएका छन् । हिजो प्रतिनिधिसभाको बैठकमा विशेष समय लिएर बोल्दै सत्तारुढ नेकपाका सांसद यज्ञराज सुनुवारले गोरखा सैनिकको समस्यालाई राष्ट्रिय विषय नबनाइँदा आर्थिक, सामाजिक र सांस्कृति रुपमा क्षती भइरहेको भन्दै सरकारको ध्यानाकर्षण समेत गराएका छन् । नेपालले बेलायतसँग भूतपूर्ब गोरखा सैनिकको सन्दर्भमा दरिलो अडान लिन नसक्दा यस्तो क्षती भइरहेको उनको भनार्इ थियो । उनले भने समान पेन्सन सुबिधाका लागि भूपू गोरखा सैनिक र तीनका परिवार बेलायतमै बस्नुपर्ने शर्त राख्दा २९ हजार पूर्वगोरखा मारमा परेको छन् । उनले बेलायतको यो शर्तका कारण वार्षिक ६० अर्ब रुपैयाँ भन्दा बढी रेमिट्यान्स नेपाल आउनबाट रोकिएको बताए । सुनुवारले भने-गेसो लगायतका भूपू गोर्खा संघर्ष समितिले लामो लडाइ लडेपछि त्यहाँको अदालतले पनि विभेद हटाउन भन्यो । तर, बेलायत सरकारले समान पेन्सनका लागि बेलायतमै बस्नुपर्ने शर्त राख्दा २९ हजार भूपू गोरखा मारमा परेका छन् । आवासीय भिसाको नाममा नेपाली अर्थतन्त्र र सामाजिक सांस्कृतिक क्षेत्रमानै असर परेको छ । सांस सुनुवारले गोरखा सैनिकले बेलायती सरह तलब,पेन्सन र समाज अवसर पाउने सन्दर्भमा नेपाल सरकारले बेलायतसँग वार्ता गर्नुपर्ने बताए । उनले गोरखा सैनिकको समस्या समाधानका लागि गठित संयुक्त प्राबिधिक समितिले गत मार्चम रिपोर्ट बुझाएको खबर आएको भन्दै यसलाई सार्वजनिक गरिनुपर्ने बताए ।

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार