पेट्रोलियम पदार्थकाे ढुवानी शुक्रवार दिउँसो देखि सुचारु ………

वीरगन्ज – चालकहरुको हड्तालका कारण रोकिएको पेट्रोलियम पदार्थकाे ढुवानी शुक्रवार दिउँसो देखि सुचारु भएको छ। नेपाल आयल निगमको वीरगन्ज क्षेत्रीय कार्यालयले जनाए अनुसार चालकहरु काममा फर्किएपछि शुक्रवार दिउँसो २ बजेदेखी रक्साैल स्थित इण्डियन आयल कर्पोरेशनको डिपोबाट पेट्रोलियम पदार्थकाे लोडिङ सुरु भएको छ। अलि ढिलो भएकोले साँझ सम्म ११ ट्यांकरमा इन्धन लोड भएको छ, शनिवार नियमित किसिमले लोडिङ गरेर ट्यांकरहरु आउने अनुमान गरेका छौं,’ निगमका वीरगन्ज क्षेत्रीय प्रबन्धक जगदीशचन्द्र यादवले भने, ‘अब आपुर्ती सहज हुने विश्वास गरेका छौं।’ विहीवार साँझ ग्यासका ७ बुलेट भित्रिएको र शुक्रवार समेत बुलेटहरु भित्रिने क्षेत्रीय प्रबन्धक यादवले बताए। यस्तै आइसिपी भन्सार भएर भित्रिने बिहारको बरौनीबाट आउने इन्धन र खाना पकाउने एलपी ग्यासको आपुर्ती पनि सुचारु हुने उनले जानकारी दिए। ट्यांकर चालकहरुलाई काममा फर्कन निगमले विहानदेखि दबाव दिएकाे थियो। कि काममा फर्किन कि ट्यांकरको चावी बुझाउन भनी निगमका अधिकारीहरुले दबाव दिएपछि चालकहरु काममा फर्किएका थिए। नेपाल आयल निगमका निमित्त प्रमुख सुशील भट्टराईले यस पटकको चालकहरुको हड्तालकाे घटनाले अब इन्धन ढुवानीका लागि बैकल्पिक व्यवस्था गर्नुपर्ने निष्कर्षमा पुगेको बताए। ‘नाकाबन्दी हुँदा हामीले एउटा पाठ सिक्यौं कि हामीसँग कम्तीमा ३ महिना पुग्नेगरी तेलको भण्डारन हुनु पर्छ, त्यसैगरी यस पटक चालकहरुले समस्या खडा गरेर अर्को ठुलो पाठ सिकाएका छन्,’ उनले नागरिकसंग भने, ‘ढुवानीका लागि निगमसँग आफ्नै ट्यांकर र चालक हुनुपर्छ। आगामी दिनमा निगमले आफ्नै स्वामित्वको कम्तिमा २ सय ट्यांकर राख्नुपर्ने निष्कर्षमा अाफुहरु पुगेको उनले बताए। यसको लागि चाँडै नै प्रक्रिया अघि बढाईने उनले बताए। यसैगरी पेट्रोलियम पदार्थ लोडिङ अनलोडिङ र ओसार पसारमा प्रशिक्षित गरेर दक्ष चालकहरुको ‘रिजर्भड’ समुह तयार गर्ने काम तत्कालै गरिने भट्टराईले बताए। यसको थलानी गरिसकेको बताउँदे भट्टराईले आफुहरुले नेपाली सेना लगायतबाट ६० जना चालकलाई तयार गरेर शुक्रवार नै अमलेखगन्ज र भैरहवा हवाईजहाज ‘चार्टर’ गरेर ३०/३० जना पठाएको बताए। एक थरी चालकहरुले निगमलाई गरेको असहयाेग निकै बिझेको उनले बताए। ‘ट्यांकर चालकहरुको जिविका निगमबाट नै चल्ने भए पनि आचानक आएर यत्रो असहोग गर्ने कुराले हामीलाई झकझकाएको छ’, केहीसमय अगाडी मात्र हामीले उनीहरुको सेवा सुबिधा बढाउने, संचय कोषको व्यवस्था गर्ने जस्ता निर्णयहरु अगाडी बढाएका छौं,’ भट्टराईले भने, ‘बद्लामा उनीहरुले असहयोग दिए।’ जानीजानी असहयोग गर्नेलाई छानबिन गरी कारवाही गरिने उनले बताए।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार