आजबाट अग्रिम टिकट बुकिङ हुने

  बगैचा सम्वाददाता

काठमाडौ
दसैंका लागि आजबाट अग्रिम टिकट बुकिङ हुने भएका छ । नेपाल यातायात व्यवसायी राष्टिय महासंघले माग गरेअनुरुप सरकारले यातायात भाडा बृद्धि गरेपछि टिकट बुकिङ खोलिएको हो। महासंघको हिजो बसेको बैठकले दसैंका लागि अग्रिम टिकट बुकिङ खुला गर्ने निर्णय गरेको हो । यसअघि असोज ५ देखि बुकिङ खुला गर्ने भनिएकामा पेट्रोलिम पदार्थमा मूल्य वृद्धि भएको भन्दै रोकिएको थियो। सरकारले यातायात भाडा १० प्रतिशत बढाउने निर्णय गरेको थियो। निगमले डिजेल र मट्टतिेलमा प्रतिलिटर ३/३ र पेट्रोलमा २ रुपैया मूल्य बढाइएपछि समायोजन गरिएको भाडादर अनुसार शहरी क्षेत्रमा न्युनतम १४ देखि अधिकतम १८ रुपैयाँ कायम गरिएको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार