विदेश नीति र वातावरणीय परिवर्तनमा जोड……..

 १२ असोज २०७५
अमेरिका – प्रधानमन्त्री केपी शर्मा ओलीले अाज न्यूर्योकस्थित ७३ औ राष्ट्रसंघीय महासभामा सम्बोधन गरेका छन्। विश्व आतंकवादको नियन्त्रणमा नेपालको समर्थन, विश्व वातावरणीय परिवर्तनले पारेको असर, नेपालको विदेश नीति र वर्तमान सरकारको अवस्था बारे प्रधानममन्त्री ओलीको सम्बोधन केन्द्रित थियो। सम्बोधनका क्रममा प्रधानमन्त्री ओलीले विश्वबाट आतंकबादलाई निर्मूल पार्न राष्ट्र संघले गरेको प्रयासको सरहाना गर्दै त्यसमा आफ्नो सरकारको समर्थन रहेको बताए। वर्तमान आफु नेतृत्वको सरकार संघदेखि केन्द्रसम्म पूर्ण दुईतिहाइ बहुमत प्राप्त सरकार भएकाले समृद्धि र सुशासनका लागि प्रयासरत रहेको बताएका थिए। विदेश नीतिबारे चर्चा गर्दै प्रधानमन्त्री ओलीले भर्खरै चौथो विमष्टेक सम्मेलन सम्पन्न गरेको र सार्क पनि यथावत रहेको जानकारी दिँदै सबै छिमेकीसँग समान सम्बन्ध राख्ने विदेश नीति रहेको उल्लेख गरे। वातावरणीय परिवर्तनको विषयमा जोड दिँदै प्रधानमन्त्री ओलीले आफ्नो देशलगायत हिमाली र आइल्याण्डहरु रहेका देशहरु वातावरणीय परिवर्तनको असरबाट निकै प्रभावित रहेकोले यस विषयमा सबै राष्ट्रसंघमा आवद्ध देशहरुले समान धारणा बनाउँदै त्यसबाट बच्न जरुरी रहेको बताए। प्रधानमन्त्री ओलीले संघको बैठकमा २६ मिनेट मन्तव्य राखेका ब्यक्त गरेका थिए। प्रधानमन्त्री ओलीले राष्ट्र संघमा सम्बोधन गर्दै गर्दा राष्ट्र संघ भवन परिसरमा नेपाली कांग्रेस निकट् व्यक्तिहरुले मुलुकमा बढी रहेको दण्डहिनताको विषयप्रति अाक्राेस ब्यक्त गर्दै कालो टिसर्ट लगाएर विरोध प्रर्दशन गरेका थिए। पछिल्लो समय देशमा बढी रहेको दण्डहिनतामा कानुनी शासनको माग गर्दै प्रर्दशनकारी प्ले कार्ड, नेपालको झण्डा र नेपाली कांग्रेसको झण्डा बोकेका थिए। प्रधानमन्त्रीको सम्बोधनका क्रममा विरोध भएपछि गैरआवसिय नेपाली संघले भोलीका लागि आयोजना गर्ने भनिएकाे प्रधानमन्त्रिसँगको कार्यक्रम स्थगित भएकाे छ। गैरआवासिय नेपाली संघका अध्यक्ष डा. केशव पौडेलले दिएको जानकारी अनुसार प्रधानमन्त्री आफैले विरोध हुने कार्यक्रम नगर्नुस भन्दै आउन नसक्ने बताएपछि कार्यक्रम स्थगित गरिएको हो। सम्बोधन अघि प्रधानमन्त्री विभिन्न साइड लाइन बैठकहरुमा पनि सहभागी भएका थिए। प्रधानमन्त्री ओलीले यसैबीच क्यानडाका प्रधानमन्त्री जष्टिन ट्रुडेउ, बेलायतका प्रधानमन्त्री टेरेजा मे, अष्ट्रेलियन पूर्वप्रधानमन्त्री केभिन रड, भारतीय विदेश मन्त्री सुष्मा स्वराजलगायतसँग भेटघाट गरेका थिए।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार