मल्टीमीडिया जडित तथा इन्टरनेट सुविधा सम्पन्न कक्षा कोठाहरुको व्यवस्थापन गरिनेछ – डा. चेम्जोड

‘आगामी दीनहरुमा मानवशास्त्रको विद्यार्थी संख्याको बृद्धिमा जोड दिइनुका साथै मल्टीमीडिया जडित तथा इन्टरनेट सुविधा सम्पन्न कक्षा कोठाहरुको व्यवस्थापन गरिनेछ’ । त्रिभुवन विश्यविद्यालय, मानवशास्त्र केन्द्रिय विभागको विद्यार्थी स्वागत तथा बिदाई कार्यक्रममा प्रमुख अतिथि रहनु भएका नव नियुक्त विभागीय प्रमुख डा. डम्बर चेम्जोडले उक्त भनाई व्यक्त गर्नुभएको थियो । शुक्रबार शिक्षा विभागको सभाकक्षमा सम्पन्न भएको उक्त कार्यक्रमलाई समाजशास्त्रबाट अलग भएपछि मानवशास्त्र केन्द्रिय विभागले स्वागत तथा बिदाई कार्यक्रम गरेको पहिलो र इैतिहाँसीक क्षण भएको दर्शाउनु भयो । साथै यस किसिमको कर्यक्रमहरुले हरेक तहका विद्यार्थी तथा शिक्षक वर्गहरु बिच सामाजिक तथा शैक्षिक सद्भाव बढाउन मद्दत गर्ने भएकोले आगामी दीनहरुमा पनि यस प्रकारका कार्यक्रहरुको आयोजना गरिनु पर्ने कुरामा जोड दिनुभयो ।

कार्यक्रम आयोजकलाई विशेष धन्यवाद दिदै प्रो. विनोद पोखरेलले यस प्रकारको कार्यक्रमले मानवशास्त्री भाईचारमा ठूलो योगदान पुर्‍याउने विश्वास व्यक्त गर्नुभयो, साथै प्रो. भानु तिमसिनाले मानवशास्त्रको अध्यापन विषयमा आफ्नो अनुभव प्रस्तुत गर्नुभयो । कार्यक्रममा बिशेष अतिथि रहनु भएको मानवशस्त्री प्रो. डा. राम बहादुर क्षेत्रीले मानवशास्त्रको बारेमा प्रकाश पार्दै कार्यक्रम आयोजना गरकोमा मानवशास्त्र विभागलाई वधाई ज्ञापन गर्नुभयो । साथै उक्त कार्यक्रमका सभापति तथा मानवशास्त्र एम.ए. तेस्रो सेमीस्टरका विद्यार्थी काँसी प्रसाद अधिकारीले मानवशास्त्र विषय सामाजिक अनुसन्धानका लागि अन्य विषय भन्दा उत्कृष्ठ रहेको कुरामा जोड दिनुभयो । साथै कार्यक्रम आयोजनामा विभागले गरेको सहयोगलाई सराहना गर्दै धन्यवाद दिनुभयो ।

कार्यक्रम आयोजनाको प्रमुख भुमिका पाएको मानवशास्त्र एम.ए. तेस्रो सेमीस्टरका विद्यार्थीहरुले एम.ए. दोस्रो सेमीस्टर, एम.फील. पहिलो सेमीस्टर र पी.एच.डी. पहिलो सेमेस्टरका विद्यार्थीहरुलाई स्वागत गर्नुका साथै एम.ए. चौथो सेमीस्टर र एम.फील. दोस्रो सेमीस्टरका विद्यार्थीहरुलाई बिदाई गरेका थिए । यसका साथै नव नियुक्त विभागीय प्रमुख डा. डम्बर चेम्जोडलाई स्वागत तथा सम्मान गरेका थिए । मानवशास्त्रका सम्पूर्ण शिक्षकहरु लगायत एम.ए. देखि पी.एच.डी. सम्मका विद्यार्थीहरुको उपस्थिति रहेको उक्त कार्यक्रममा तेस्रो सेमीस्टरका छात्राहरुले सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए ।

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार