सहन्यायाधिवक्ता घुस लिँदालिँदै पक्राउ

  बगैचा सम्वाददाता


काठमाडौँ

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस लिँदालिँदै सहन्यायाधिवक्तालाई पक्राउ गरेको छ । आयोगको पोखरास्थित कार्यालयबाट खटिएका कर्मचारीले उच्च सरकारी वकिल कार्यालय पोखराका सहन्यायाधिवक्ता सुरेन्द्रबहादुर थापालाई पाँच लाख रुपैयाँसहित घुस लिँदालिँदै पक्राउ गरिएको हो । आज बिहान ८:४५ बजे उच्च सरकारकी वकिलको कार्यालयमा कपिलवस्तुका रामकुमार टण्डनले पैसा दिँदै गर्दा उनी पक्राउ परेका हुन्। सहन्यायाधिवक्ता थापाले टण्डनका छोरा अनुपमलाई ठगीको मुद्दामा नपक्रिने व्यवस्था मिलाउँछु भन्दै पैसा मागेको बुझिएको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार