नेकपाभित्रको विवाद : सचिवालय बैठक नै अनिश्चत

  बगैचा सम्वाददाता

काठमाडौँ

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा सत्ता नेतृत्वकर्ता बारे आन्तरिक विवाद चुलिएको छ । प्रदेश इन्चार्ज, सहइन्चार्ज, प्रदेश कमिटी अध्यक्ष र सचिव छनोटबाट सुरु विवादका कारण अहिले बैठक नै प्रभावित हुन थालेको हो । विवाद समाधानका लागि स्थायी कमिटी बैठक बोलाउन नेताहरुले आग्रह गरेपनि दशैं अघि सम्भव नरहेको भन्दै अध्यक्षद्वयले आलटाल गरेको आरोप नेताहरुको छ । प्रदेश पदाधिकारी छनोटका क्रममा एकलौटी गरेको भन्दै असन्तुष्ट बरिष्ठ नेता माधवकुमार नेपालले सचिवालयमा पत्र नै दर्ता गराएको समेत बुझिएको छ । यद्यपी पत्रमाथि छलफल भने भएको छैन । नेताहरुको कार्यव्यस्तताको कारण देखाउदै बारम्बार स्थगित सचिवालय बैठक भोलीका लागि बोलाईएपनि बस्ने निश्चित छैन । तात्कालिन नेकपा र माओवादी केन्द्रबीच एकीकरण भएको ५ महिना हुँदा समेत तल्लो तहका कमिटीको एकीकरण भने टुङगिएको छैन ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार