गुर्जा हिमाल आरोहणमा गएका ८ को मृत्यु एक जना वेपत्ता

  बगैचा सम्वाददाता

काठमाडौ

म्याग्दीको गुर्जा हिमाल आरोहणमा गएका ८ जनाको मृत्यु भएको छ । अर्का एकजना भने वेपत्ता छन् । धौलागिरि गाउँपालिका १ मा पर्ने गुर्जा हिमाल आरोहणका लागि काठमाडौंको प्रोजेक्ट वे नामक ट्रेकिङ एजेन्सीबाट ५ जना कोरियन नागरिक र ४ जना नेपाली भरियाहरु गएका थिए । उनीहरु हिम पहिरो र आँधीमा परेका थिए । जिल्ला प्रहरी कार्यालय म्याग्दका अनुसार घटनास्थल विकट भएकाले उद्धार र खोजी कार्य प्रभावित भएको छ । शनिबार बिहान पोखराबाट गएको हेलिकोप्टर पनि अवतरण गर्न नसकेर फर्किएको छ । मौसममा सुधार भएपछि मध्याह्न पुनः खोजीमा जाने जानकारी प्राप्त भएको छ । गुर्जा हिमाल चढ्नका लागि आरोहण टोली गुर्जा गाउँबाट २१ गते बेसक्याम्पतर्फ हिँडेको थियो । टोलीमा भरिया गुर्जा गाउँकै बासिन्दा थिए । तर उनीहरु सम्पर्कमा नआएपछि स्थानीयबासी खोजीका लागि शुक्रबार बेसक्याम्प गएका थिए । त्यहाँ जाँदा टेन्टहरु उडाएको, चिन्न नसकिने शवहरु फेला परेको देखेपछि उनीहरु शुक्रबार साँझ गाउँ फर्किएर प्रहरीमा खबर गरेका थिए ।पश्चिम हिमालको नामले समेत चिनिने गुर्जा ६ हजार ४६५ मिटर अग्लो छ । गुर्जा, चुरेन, गुर्जा पश्चिम, म्याग्दीमाथा, पुथा हिमाल रहेको गुर्जामा २०६५ सालपछि यस वर्ष मात्र हिमाल आरोहीको टोली आएपछि स्थानीयवासी उत्साहित भएका थिए ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार