दशैंपछि मन्त्रिमण्डल हेरफेर गर्ने , काम नगर्ने मन्त्री हटाइने……..

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले दशैंपछि मन्त्रिमण्डल हेरफेर गर्ने भएका छन्। सरकारमा रहेकी केही मन्त्रीको कार्यशैलीप्रति चौतर्फी गुनासो आइरहेका बेला प्रधानमन्त्री ओलीले सो गुनासोलाई सम्बोधन गर्दै काम नगर्ने मन्त्रीलाई हटाउने तयारी गरेका हुन्। ओलीले आफ्नो सचिवालय, मन्त्रिमण्डलको पुनर्गठन र प्रहरी प्रशासन परिचालनको विषयमा आवश्यक तयारी गरिरहेको नेकपाका नेता एवं सांसद महेश बस्नेतले जानकारी दिए। ‘दशैंलगत्तै मन्त्रिमण्डल हेरफेर तथा सचिवालय पनि पुनर्गठन हुन्छ’, ओलीनिकट बस्नेतले भने। दशैंलगत्तै सरकारले केही लोकप्रिय कार्यक्रमहरु ल्याउने जानकारी दिँदै बस्नेतले थपे, ‘सरकारले केही वितरणमुखी बजेट ल्याउनेछ र सरकारले समग्रतामा चाहे त्यो प्रधानमन्त्रीको सचिवालयको पुनर्गठनको कुरा होस वा मन्त्रिमण्डल पुनर्गठन गर्ने कुरामा पनि ध्यान दिनेछ। प्रहरी प्रशासन परिचालनको विषयमा पनि ध्यान दिनेछ।’ प्रधानमन्त्रीको ७ महिने कार्यकाल सफल रहेको दाबी गर्दै बस्नेतले रिपोर्टर्स क्लबद्वारा आयोजित साक्षात्कारमा उनले भने, ‘सरकारको पर्फर्मेन्सबाट जनताखुशी छन्।’ प्रधानमन्त्री ओलीले २ नम्बर प्रदेशको जनताको भावना बुझेर संविधान संशोधन गर्ने कुरा गरेको पनि उनले सुनाए। उनले सीके राउत र नेत्रविक्रम चन्दका गतिविधिहरु एकदमै गलत रहेको बताए। दुई नम्बर प्रदेश र संघीय सरकारबीचको असमझदारी पनि विस्तारै घट्दै जाने उनको भनाई छ। फरक प्रसंगमा उनले आफ्नो पार्टीको सांगठनिक अवस्था अहिले कमजोर भैरहेको स्वीकार गरे। ‘त्यसैका लागि प्रधानमन्त्रीले नेता कार्यकर्तालाई संगठित हुनुपर्छ भन्नुभएको छ। प्रधानमन्त्रीले अरिंगाल बन्नुपर्छ भन्नुभएको पनि यही सेन्समा हो। यसलाई बंग्याएर बुझ्नुहुँदैन्’, उनले भने।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार