गोदावरीलाई सास्कृतिक नगरको रुपमा विकास गरिने : गजेन्द्र महर्जन, मेयर, गोदावरी नगरपालिका

५ कार्तिक ललितपुर

मौलिक कला, संस्कृति, परम्परा, सीप र शैलीको धरोहर गोदावरी नगरपालिकालाई आगामी दिनमा नगरपालिकाको तर्फबाट साास्कृतिक नगरको रुपमा विकास गरिनेछ । उक्त कुरा नेपाल सम्वत, विजय दशमी र दिपावलीको अवसरमा वादे कला स्टुडियोद्धारा वज्रवराही मन्दिर परिसरमा आयोजित कार्यक्रममा नगरपिता गजेन्द्र महर्जनले बताउनुभएको हो । तेतिस कोटी देवी देवता र नाग नागेनीले बास गरेको ठाउा काठमाडौ खाल्डोभित्र नेपाली मौलिक चित्रकला, बास्तुकला र मूर्तिकलाको अपूर्व संगम स्थल हो । त्यस अन्तर्गत ललितपुर जिल्ला र सो को आसपासका रैथाने गाउावस्तीका जाति तथा समुदायहरुले अझै पनि व्यक्तिगत र संस्थागत रुपमा तिनको संरक्षण र सम्वर्द्धन गर्दै आएको समेत उहााले स्मरण गराउनु भयो ।
गोदावरी नगरपालिका अन्तर्गतका प्रत्येक विद्यालयहरुमा चित्रकला प्रदर्शनीहरु भएको र अव अन्य क्षेत्रमा पनि चित्रकला प्रदर्शनीलाई विस्तार गरिने नगरपालिका वडा १३ का अध्यक्ष भाष्कर थापाले बताउनुभयो । यस वर्षको लागि चित्रकलाका लागि नगरपालिकाले छुट्याएको वजेट न्यून भएको वादे कला स्टुडियोका सल्लाहकार प्रेम देशारले गुनासो पोखे ।
विगत २० वर्षदेखि विजयादशमीको अष्टमी -टिका) को दिन चित्रकला मेलाको आयोजना गर्दै आएका स्थानीयबासीले यस वर्षदेखि अझै राम्रो प्रदर्शनी होस भन्ने उदेश्यले बाहीरको आर्टिसहरु समेत समेटिएको छौ भन्नु हुन्छ वादे कला इस्टुडियो का अध्यक्ष सुरेम देसार । सो अवसरमा मूर्तिकला र चित्रकलाका वयोवृद्ध कलाकार कृष्णहरी देशार, अर्जुन देशार लगायत मेलामा आर्थिक सहयोग गर्ने सहयोगी र अन्य व्यक्तित्वहरुलाई कदर-पत्र प्रदान गरेका थिए ।

चापागाँउ को कला संकृति र सम्पदालाई संरक्षन गरि जेष्ट नागरिकमा रहेको प्रतिभा क्षमता ग्यान र वृद्दु युवा पुस्ता र वालवालिकामा हस्तान्तरण गरिनु आवश्वक छ, त्यो प्रयासमा ुवादे कला स्टुडियोु पुर्ण प्रतिवद्द छ। सरकारले यसको संरक्षन मा वार्षिक बजेटमा स्पष्ट व्यबस्था गर्नु आवश्वक छ । गोदावारि नगरपालीकाले आफ्नो बनिदै गरेको भवनमा नेपाली कालिगडका मौलिक चित्रकलाले भरिपुर्ण स्थान पाउनुपर्छ, गोदावारि नगरपालिका मा रहेका मठ मन्दिर एैतिहासिक धारा पार्टिपौवा मुर्तिकला चित्रकला र सस्कृतिको प्रोफाईल तयार पारी देसको संरक्षण र बिकासको नगरपालिकाले काम गरोस सो कार्यमा वादे कला स्टुडुयोको पुर्ण समर्थन रकेको  मन्तब्यको क्रममा मागहरु राख्दै अध्यक्ष सुरिम देसारले औपचारिक कार्यक्रमलाई समापन गरे ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार