फेर्रियो शासन तर प्रवृत्ति पुरानै

काठमाडौं

यतिबेला पूर्वप्रधानन्यायाधीश गोपाल पराजुली र राष्ट्रपति विद्यादेवी भण्डारीलको चौर्थफि आलोचना भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले दसैंको अवसरमा टीका लगाइदिँदै गरेको तस्बिर सामाजिक सञ्जालमा आएपछि भाइरल बनिरहेको छ । सो तस्बिरमा सोफामा बसेकी राष्ट्रपति भण्डारीले आफ्नो अगाडि घुँडा टेकेर बसेका पूर्वप्रधानन्यायाधीश पराजुलीलाई टीका लगाइदिँदै गरेको देखिन्छ। नेपालमा राजतन्त्र रहँदासम्म यस्ता घटना सामान्य नै मानिन्थे । तर राजतन्त्र नेपालको हितमा नरहेको निष्कर्षसहित त्यसलाई फालेर ल्याइएका गणतन्त्रमा समेत राष्ट्रप्रमुख (राष्ट्रपति भण्डारी) बाट राजसी प्रवृत्ति देखाइएको भन्दै उनको आलोचना भइरहेको हो। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य सूर्य थापाले राष्ट्रपतिले पूर्वप्रधानन्यायाधीश पराजुलीलाई दसैंको टीका लगाइदिँदै गरेको तस्बिर आफ्नै फेसबुक वालमा राख्दै यो प्रवृत्ति संघीय लोकतान्त्रिक गणतन्त्रकनुरुप एवं गणतान्त्रिक चेतना, संस्कार र संस्कृतिमुताबिक नभएको टिप्णी गरेका थिए। यसैगरी विभिन्न पार्टीका नेता कार्यकर्ताहरूले सामाजिक संजालमा आलोचना गरेका छन् । राष्ट्रपतिका मुख्य स्वकीय सचिव भेषराज अधिकारीले भने आफूले यसबारेमा बुझेर मात्र बोल्न सक्ने बताए । सामाजिक सञ्जालमा उक्त तस्बिर भाइरल भएसँगै सामाजिक सञ्जाल प्रयोगकर्ताले राष्ट्रपतिको आलोचना गरिरहेका छन् । सामाजिक सञ्जाल प्रयोगकर्ताले राष्ट्रपतिलाई नयाँ राजाको संख्या दिँदै गणतन्त्रप्रति खिल्ली उडाएको आरोप लगाएका छन्। नेपालमा गणतन्त्र स्थापना भएको एकदशक मात्र पुगेको अवस्थामा राजनीतिक नेतृत्वमा देखिएको शासकीय प्रवृत्तिले जनतामा चरम निराशा छाइरहेको छ । राष्ट्रप्रमुखको सवारी तथा पछिल्लोपटक दसैंको टीकामा देखिएको तस्बिरले पनि राष्ट्रप्रमुख र सरकार प्रमुखमाथि लाग्दै आएको शासकीय प्रवृत्तिको आरोपलाई केही हदसम्म पुष्टि गर्छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार