नेपाली श्रमिकहरुका लागि मलेसिया खुल्ला हुने

  बगैचा सम्वाददाता


काठमाडौँ

गएको जेठ ३ गतेदेखि रोकिएको मलेसियामा नेपाली श्रमिकहरुका लागि खुल्ला हुने भएको छ । लेसियाको रोजगारका लागि सोमबार नेपाल र मलेसिया सरकारबीच एमओयु भएसँगै रोजगारीको बाटो खुल्ने निश्चित भएको हो । आइतबार नेपालका श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्ट र मलेसियाका मानव संशाधनमनत्री एम कुला सेगरनबीच कामदारको आपूर्ति, रोजगारी र फिर्ता पठाउने सम्बन्धमा सम्झौता भयो । यससँगै अब मलेसियामा शून्य लागतमै कामदार जान पाउने दिनको सुरुवात भएको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार