डी.ए.बी. द्धारा दशैको शुभकामना आदनप्रदान कार्यक्रम

  टोपबहादुर याक्खा

२८ अक्टुबर, हङकङ– हङकङको सबै भन्दा ठूलो राजनीतिक पार्टी डोमोक्रेटिक एलाइन्स फर द बेटरमेन्ट (डी.ए.बी) ले नेपाली समुदायको लागि दशैको अवशरमा दिवा भोज सहितको भेटघाट तथा शुभकामना आदनप्रदान कार्यक्रमको आयोजना गर्यो ।
हङकङमा रहेका नेपाली समुदायका अग्रज, बुद्धिजिवी तथा विभिन्न संघ संस्थाहरुमा आवद्ध समाजसेवीहरुलाई विशेष निमन्त्रणा गरेर आयोजना गरिएको उक्त कार्यक्रममा डिस्ट्रिक काउन्सिलर बेन्नी यङ, एलेक्स पुन, क्रेग जो, सी.एस.टी.एन. प्रोजेक्ट प्रमुख रिता गुरुङ, हङकङ नेपाली महासंघका अध्यक्ष टंक राना, एन.आर.एन.ए.की अध्यक्ष टिका गुरुङ, कुल प्रसाद गुरुङ लगायतले शुभकामना मन्तब्य राखेका थिए ।
जोर्डन स्थित कङगन रेष्टुरेण्टमा आयोजित उक्त कार्यक्रममा बोल्दै डिस्ट्रिक काउन्सिलर बेन्नी यङले डी.ए.बी.सदैव नेपाली लगायतका अल्पसंख्यकहरुसंगको सहकार्यमा अगाडी बढिरहेको बताउँदै नेपाली समुदायको हितमा कुनै त्यस्तो लिखित प्रस्तावहरु भए आफुलाई दिन समेत आग्रह गरे ।

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार