१६ लाखको रिचार्ज कार्ड चोरी गर्ने पक्राउ

  बगैचा सम्वाददाता

काठमाडौ

नेपाल टेलिकमको १६ लाख रुपैयाँ बढीको रिचार्ज कार्ड चोरी गरेको अभियोगमा दाङ प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ परेका ब्यक्ति माडी गाउँपालिका १ रोल्पाका २१ वर्षीय दलबहादुर पुन हुन । असोज २३ गते घोराहीस्थित शुभलक्ष्मी ट्रेडर्सले बसबाट चितवन पठाउन थालेको नेपाल टेलिकमको रिचार्ज कार्ड बीच बाटोमै चोरी भएको थियो । चोरी भएको २१ दिनपछि मंगलबार दलबहादुर पुनलाई थबाङ गाउँपालिका २ रोल्पाबाट ५०, १०० र ५०० रुपैयाँका १६ लाख १० हजार मूल्यका रिचार्ज कार्डसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले बताएको छ । चोरी गरेका रिचार्ज कार्ड थबाङ र प्यूठानको स्वर्गद्वारी नगरपालिका ७ स्थित पुनको ससुराली घरबाट बरामद गरेको जानकारी प्राप्त भएको छ। पुनलाई आज जिल्ला प्रहरीमा पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएको थियो ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार