संखुवासभा समाज हङकङको देउसी भैलो कार्यक्रम सम्पन्न

  टोपबहादुर याक्खा

११ नोभेम्बर, हङकङ– संखुवासभा समाज हङकङद्धारा एक आपसमा शुभकामना आदनप्रदान, विभिन्न जातिय भेषभूषा प्रदर्शनी, देउसी भैलो तथा नाँचगान गर्दै “देउसी भैलो तथा शुभकामना आदन प्रदान कार्यक्रम–२०१८” मंकिहिलमा सम्पन्न गर्यो ।
समाजका अध्यक्ष टोपबहादुर याक्खाको सभापतित्वमा सम्पन्न छोटो औपचारिक कार्यक्रमको प्रमुख अतिथि हङकङ नेपाली महासंघका अध्यक्ष टंक राना रहेका थिए भने विशेष अतिथिहरुमा अध्ययन तथा अनुसन्धानका क्रममा केही महिनाका लागि हङकङ आएका जिल्लाबासी प्रकाश भटृराई, दिदीबहिनी समूह संखुवासभा हङकङकी अध्यक्ष लक्ष्मी गुरुङ, गुरुङ (तमु) संखुवासभा समाज हङकङका अध्यक्ष धिरज गुरुङ, किरात याक्खा छुम्मा हङकङका अध्यक्ष पूर्ण प्रसाद देवान, लोहरुङ याखाबा युयोङ हङकङका अध्यक्ष जितबहादुर राई रहेका थिए । त्यस्तै गरी अन्य अतिथिहरुमा समाजका सल्लाहकारहरु कर्ण कोरङ्गी, उपेन्द्र कोरङ्गी, लव कुमार गुरुङ, डम्बर घले, जे.पी. गुरुङ, लालबहादुर गुरुङ, खड्ग माङमाली आदि रहेका थिए ।
समाजका उपाध्यक्ष नरमाया गुरुङको श्वागत मन्तब्यसंगै कार्यक्रमका प्रमुख अतिथि र सभापतिद्धारा पानसमा बत्ति बालेर उद्धघाटन गरिएसंगै संखुवासभा भित्र रहेका गुरुङ, राई र याक्खा समुदायको जातिय भेषभूषा प्रदर्शनी गरिएको थियो । त्यस लगत्तै समाज सल्लाहकार, प्रमुख अतिथि तथा अतिथिहरुद्धारा शुभकामना मन्तब्य राखेका थिए भने समाजका नयाँ आजीवन सदस्य अम्बर बहादुर गुरुङलाई खदा ओढाएर सम्मान गर्दै कदरपत्र प्रदान गरिएको थियो ।
समाजका सचिव लिलाबहादुर गुरुङद्धारा संचालन गरिएको औपचारिक कार्यक्रमलाई शुभकामना मन्तव्यसंगै समापन गर्ने क्रममा कार्यक्रमका सभापति टोपबहादुर याक्खाले कार्यक्रमलाई सफल बनाउँन महत्वपूर्ण भूमिका निर्वाह गर्ने कार्यसमितिका पदाधिकारीहरु, सल्लाहकारहरु लगायत उपस्थित समस्त जिल्लाबासीहरु प्रति हार्दिक आभार प्रकट गर्दै आगामी दिनहरुमा समेत यसै गरी जिल्लाबासीहरु एक भएर अगाडी बढ्नु पर्नेमा जोड दिएका थिए ।
विगतका वर्षहरुमा झै जिल्लाबासीहरुको बाकुलो उपस्थिति रहेको उक्त कार्यक्रममा देउसी भैलो खेल्दै दक्षिणा संकलन तथा साँझको ९ बजेसम्म नाँचगान गरेर भरपुर मनोरञ्जन लिदै कार्यक्रम सम्पन्न भएको थियो ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार