युनाइटेड तेक्वान्दो अकाडेमी हङकङको ३८ औं अपग्रेडिङ्ग टेष्ट सम्पन्न

  टोपबहादुर याक्खा

११ नोभेम्बर, हङकङ– युनाइटेड तेक्वान्दो अकाडेमी हङकङको ३८ औं बेल्ट अपग्रेडिङ्ग टेष्ट साम सेई पु स्थित पेइ हो स्पोर्टस सेन्टरमा सम्पन्न भयो ।
क्लबका प्रेसिडेण्ट तथा मास्टर सैलेन्द्र राईद्धारा लिइएको उक्त अपग्रेडिङ टेष्टमा आइतबार क्लासका ३ जना ब्लाक बेल्ट सेकेण्ड डान, १२ जना ब्लाक बेल्ट फष्ट डान सहित २४५ जना कलर बेल्टका खेलाडीहरु सहभागी ।
सेल्फ डिफेन्स, उड ब्रोकन, ग्रुप प्याटर्न, स्पारिङ लगायत तेक्वाण्दो सम्बन्धि विभिन्न आकर्षक कलाहरु समेत प्रदर्शन गरिएको उक्त कार्यक्रममा मास्टर राईद्धारा ३७ औं अपग्रेडिङ टेष्टमा पास भएका ब्लाक बेल्ट सेकेण्ड डान तथा फष्ट डान स्टुडेण्टहरुलाई कुक्कीवान हेडक्वाटरको प्रमाणपत्र समेत हस्तान्तरण गरिएको थियो ।
जोर्डन, वान्चाई, सेन्ट्रल, मङकक, साम सेई पु, लङ पिन, ताइपो, चिङ यी लगायत हङकङका विभिन्न स्थानमा गरी २० वटा ब्रान्च रहेको उक्त क्लबमा ४५० बढि स्टुडेण्टहरु रहेका छन् भने हङकङमा आयोजना गरिने विभिन्न स्पारिङ तथा पुम्से (प्याटर्न) प्रतियोगिताहरुमा सहभागिता जनाउँदै राम्रो नतिजा समेत हासिल गर्दै आएको क्लबका प्रेसिडेण्ट तथा मास्टर सैलेन्द्र राईले बताए ।
कार्यक्रमको अन्तमा मार्शन आर्ट संगै केही दशकयता अन्तरराष्ट्रिय खेलका रुपमा लोकप्रिय बन्दै गएको तेक्वान्दोले श्वास्थ्य रहनका लागि शारीरिक व्यायम, आत्म सुरक्षाका साथै अनुशासनमा रहन समेत सिकाउँने हुँदा समयको सदुपयोग गर्दै नेपालीहरुले समेत विशेष महत्वका साथ सिक्नु पर्नेमा मास्टर राईले जोड दिए ।
शनिबार क्लासका करिब ९० जना स्टुडेण्टहरुले १७ नोभेम्बरमा टेष्ट दिदै छन भने साना उमेरका स्टुडेण्टहरुको टेष्ट निकट भविश्यमै हुने समेत राईले बताए ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार