लंघाली कल्याण समाज हङकङले सम्पन्न गर्यो देउसी भैलो कार्यक्रम

बगैंचा सम्बाददाता हङकङ

११ नोभेम्बर २०१८ आईतबार लंघाली कल्याण समाज हङकङले जोर्डन स्थित बगैंचा रेष्टुरेण्ट एण्ड पाटी प्यालेशमा नेपालीहरूको महान चाड तिहारको उपलक्षमा देउसी भैलो तथा शुभकामना आदन प्रदान कार्यक्रम सम्पन्न गरेको छ । समाजका अध्यक्ष हर्क राना मगरको अध्यक्षता तथा हङकङ नेपाली महासंघका अध्यक्ष टंकरानाको प्रमुख आतिथ्य रहेको उक्त कार्यक्रममा बिभिन्न सामाजिक संघ संस्थाका अध्यक्ष तथा प्रतिनिधिहरू लगायत अन्य क्षेत्रका ब्यक्तित्वहरू अतिथिका रूपमा उपस्थित भएका थिए ।

चलनचल्तिको साबिक फर्मेट अनुसार पहिलो चरणको औपचारिक कार्यक्रममा अतिथि आसनग्रहण, स्वागत मन्तब्य तथा दिप प्रज्वलन गरि सुरु गरिएको उक्त कार्यक्रममा अतिथिहरूले २०१८ को तिहार तथा दिपावलीको उपक्ष्यमा शुभकामना मन्तब्य दिएका थिए ।

औपचरिक कार्यक्रम समापनपछि अतिथि गायिका मन्जु थापाले देउसी गीत गाउँदै-भट्टादै देउसी भैलो कार्यक्रमलाई अगाडि बढाएका थिए । बिबिध गीत, संगित नृत्यले भरपूर्ण देउसी भैलो कार्यक्रममा गोलबन्द भएर नाचिने सामूहिक नृत्य ‘हुर्रानाच’ नाचेर बिशेष मनोरन्जन गरिएको थियो । देउसी भैलो कार्यक्रमबाट संकलित रकम मध्ये खर्च कटाएर रहेको बाँकी रकम संस्थाको कोषमा जम्मा गरिने कुरा अध्यक्ष हर्क रानाले बताए । लंघाली कल्याण समाज हङकङले स्थापनाकाल देखि प्रत्येक बर्ष देउसी भैलो कार्यक्रम निरन्तर आयोजना गर्दै आएको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार