सम्हालिन्न सकेन स्मृति सभामा दाहालका पारिवार

  बगैचा सम्वाददाता

ललितपुर
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालका पारिवार भावविहल पुन भएका छन्। नेकपाका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री प्रचण्डका प्रचण्ड निवास खुमलटारमा सोमबार बिहान आयोजना गरिएको स्व.प्रकाश दाहालको स्मृति सभामा दाहाल परिवार पुन भावविहल भएका हुन । श्रद्धान्जली दिन पुगेका सवैले स्व. प्रकाश दाहालको स्मरण गरेका थिए । एक वर्षअघि हृदयघातका कारण एकमात्र छोरा गुमाएका दहाल परिवारमा प्रचण्ड पत्नी सीता दाहाल पुत्र वियोगबाट अझै सम्मालिन सकेकि छैनन भन्ने कुरा प्रष्ट देखिन्थ्यो । तीन वर्षअघि जेठी छोरी ज्ञानुको क्यान्सरका कारण निधन भएको थियो । पुत्री वियोग र आफ्नै शरीरले खेपिरहेको रोगबाट कमजोर बन्दै गएकी सीता पुत्र वियोगपछि सामान्य अवस्थामा फर्किन सकेकी छैनन् ।
स्मृति सभामा प्रधानमन्त्री, उपराष्ट्रपति, मन्त्रीहरु लगायत विभिन्न दलका नेताकार्यकर्ताहरु सहभागि भएका थिए । स्मिृति सभामा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, काँग्रेस सभापति शेरबहादुर देउवा, पूर्व प्रधानमन्त्री झलनाथ खनाल सभामुख कृष्णबहादुर महरा, मन्त्रिपरिषदका पूर्वअध्यक्ष खिलराज रेग्मी, राजपाका नेता महन्थ ठाकुर, राप्रपा अध्यक्ष कमल थापा लगायतका नेताहरुले स्व. दाहालप्रति श्रद्धान्जली व्यक्त गरे । कार्यक्रममा अध्यक्ष प्रचण्डले छोरा प्रकाश दाहाल र २ वर्षअघि निधन भएकी छोरी ज्ञानुको नाममा ‘प्रज्ञा स्मृति प्रतिष्ठान’ स्थापना गरिएको घोषणा गरेका छन् । ज्ञानुको क्यान्सरका कारण निधन भएको थियो भने छोरा प्रकाशको हृदयघातका कारण गत वर्ष मंसिर ३ गते निधन भएको थियो ।
प्रधानमन्त्री केपी ओलीले जनताको हितमा योगदान गर्न सके स्वर्गीय प्रकाश दाहालप्रति सच्चा श्रद्धाञ्जली हुने विश्वास पनि व्यक्त गरे । उनले शोकलाई शक्तिमा बदलेर जीवनलाई गतिशील बनाई राख्न पनि दाहाल परिवारलाई आग्रह गरे । दाहाल र उनका परिवारलाई प्रधानमन्त्री ओलीले मृत्यु फर्काउन वा सच्याउन नसकिने विषय भएको स्मरण गराउँदै संयमता उपनाउन पनि पटक–पटक आग्रह गरेका थिए ।प्रधानमन्त्री ओलीले स्वर्गीय प्रकाश दाहालको निधनबाट सिंगो पार्टी, देश र जनता अझै पीडामा रहेको उल्लेख गर्दै त्यसलाई शक्तिमा बदलेर देश र जनताको सेवामा लागि रहने प्रतिवद्धता पनि व्यक्त गरे । उनले प्रकाश दाहाललाई समझदार युवा नेताको रुपमा पनि चित्रण गरे ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार