हङकङमा “थात्थलो” को ग्राण्ड प्रिमियर शो

  टोपबहादुर याक्खा

१८ नोभेम्बर, हङकङ– नेपाली कथानक चलचित्र “थात्थलो” को ग्राण्ड प्रिमियर शो दर्शकहरुको बाकुलो उपस्थिति बीच याउ मा तेई कम्युनिटी हलमा भव्यताका साथ सम्पन्न भयो ।
ऐतिहासिक मेन्छयायेम डाँडाको संरक्षण सहयोगार्थ ग्राण्ड प्रिमियर शोका लागि उक्त चलचित्रका नायक कन्चन थलङ नेपालबाट आएका थिए । त्यस्तै गरी हङकङबासी उक्त चलचित्रका निर्माता तथा कलाकारद्धय किशोर कुमार लिम्बु र सिता कुमारी तुम्बापोको समेत उक्त कार्यक्रममा उपस्थिति रहेको थियो ।
आफ्नो जन्मथलोलाई प्राण जत्तिकै माया गरौं भन्ने सन्देश बोकेको उक्त चलचित्र तेह्रथुम, ताप्लेजुङ र संखुवासभा जिल्लाको संगम स्थल प्रकृतीले हराभरा तिनजुरे, मिल्के, जल्जले क्षेत्रमा छायङकन गरिएको हो ।
किशोर कुमार लिम्बु, सिता कुमारी तुम्बापो र खगेन्द्र पन्धाकले निर्माण गरेको उक्त चलचित्रमा कन्चन थलङ, सुमी लिम्बु, किशोर कुमार लिम्बु, सिता कुमार तुम्बापो, संजय लिम्बु, आयुशा लिम्बुखिम लगायतका कलाकारहरुको मुख्य भूमिका रहेको छ ।
एच.के. पन्धाक परिवार हङकङ आयोजक रहेको उक्त कार्यक्रमका प्रमुख अतिथि हङकङ नेपाली महासंघका अध्यक्ष टंक रानाले औपचारिक कार्यक्रमको शिलशिलामा कलाकारहरुलाई सम्मान गर्दै मायाको चिनो समेत हस्तान्तरण गरेका थिए ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार