राष्ट्रिय परिचय पत्र वितरण कार्य सुरु, १०१ वर्षीया भगवतीदेवीलाई पहिलो परिचय पत्र

  बगैचा सम्वाददाता

पाँचथर

पहिलो पटक राष्ट्रिय परिचय पत्र वितरण सुरु भएको छ । गृहमन्त्री रामवहादुर थापा (वादल)ले हिजो सोमबार फिदिम नगरपालिका ४ शान्तिपुरकी १०१ वर्षीया बृद्धा भगवतीदेवी भण्डारीलाई पहिलो परिचय पत्र दिएर वितरण सुरु गरेका हुन् । परिचयपत्र वितरणकालागि थापा काठमाडौंबाट हेलिकप्टरमा फिदिम पुगेका थिए । परिचयपत्र पाउने दोश्रो नागरिक भने गृहमन्त्री थापा आफैं भएका छन्। उनलाई भगवतीले परिचयपत्र दिएकी थिइन्। बृद्धा अवस्थाकी उनले बसिबसि परिचय पत्र बुझिन्। उनलाई परिचयपत्र वुझ्न परिवारका सदस्यले फिदिम ल्याएका थिए। एक विशेष समारोहमा परिचयपत्र वितरणको गरिको छ । प्रदेस नं. १ का मुख्य मन्त्री शेरधन राई, आर्थिक मामिला तथा योजना मन्त्री इन्द्र आङवो, गृह र प्रधानमन्त्री कार्यालयका सचिवलगायतको उपस्थिति वितरण कार्यक्रममा रहेको थियो। पहिलो दिन सोमवार ५० वटा कार्ड बाँड्ने राष्ट्रिय परिचयपत्र ब्यवस्थापन तथा पञ्जिकरण विभागका निर्देशक चोमेन्द्र न्यौपानेले बताए। न्यौपानेका अनुसार पाँचथरका लागि २ हजार ४ सय २९ वटा परिचयपत्र कार्ड बनाइएको बताए। दोश्रो चरणमा झापा, संखुवासभा, महोत्तरी, सप्तरी, ललितपुर, रसुवा, चीतवन, तनहुँ, स्याङजा, कपिलवस्तु, गुल्मी, सल्यान, जुम्ला, कञ्चनजपुर र अछाम गरी १५ जिल्लामा विवरण हुने न्यौपानेले बताए।

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार