माया तिमि गर्छौ भने……

काठमाडौ

पुर्वी ईलामको चुलाचुलीका २७ वर्षिय गायक जिएम राईको ‘माया तिमि गर्छौ भने, मेरो लागी मर्छौ भने’ बोलको गीतलाई छायाङकण सक्किएको छ । जिएम वाल्यकाल देखिनै गीत गाउने रुची भएका उनी बैदेशिक रोजगारमा बाहिर रहेता पनि हरेक वर्ष एउटा राम्रो गीत निकाल्ने सोच रहेको छ। जिएम प्राय लोक तथा आधुनिक पप गीत गाउन मन पराउने गायक हुन । उहाँको ‘माया तिमि गर्छौ भने’ पनि पहिलो पप गीत हो । उक्त गीतको स्वर जिएम राई, शब्द संगित टिका बम्जन एरेन्ज पवन लामाको र अभिनयमा निराजन प्रधान र रेखा फागो देख्न पाईने छ। कलाकारहरुलाई बिउटिसियनमा बिमला तामाङ, क्यामेरा अर्जुन तिवारि र सम्पादन बिकास धमलाले गर्नेछन भने हालका  चल्तिका  ब्यस्त निर्देशक तथा कोरियोग्राफर दिनेश माङमुले गरेका छन् । हरेक वर्ष दशै तिहारमा पुर्वको ईलाम, झापा र सुनसरीमा तिहारमा देउसी कार्यक्रमको लागि बिभिन्न जातजातिको साँस्कृतिक नृत्य प्रसिक्षणमा ब्यस्त हुने माङ्मुले तिहार लगतै यस भिडियोलाई निर्देशन गरेकाहुन । प्रायजसो कल्चरल भिडियो निर्देशन तथा कोरियोग्राफि गरिरहने माङमुले अलिक भिन्न टेस्ट भएको यो भिडियो प्रति धेरै नै आशावादि रहेको बताएका छन् ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार