स्वर्ग जस्तै आमाको काख ‘आम्मौ आम्मौ’

काठमाडौ १० मंसिर

अमेरिकालाई कर्मथलो बनाउदै आएकी आशा सुहाङ ललितपुरको लेलेमा कलाकर्मिहरूको माझँमा रम्दै गरेको भेटिइन् । आफ्नो भाषा, संस्कृति र परम्परालाई अगाध मायाका कारण विगत वर्षहरूमा पनि म्युजिक भिडियो निर्माण गर्न काठमाडौ आएपुगेकी थिइन् । एक्सन… कट… गर्दै थिए, लिम्वु गीतसंगित र मुन्धुमका एक मुर्धन्य व्यक्तित्व यासेली योङ्हाङ । लिम्वु गीत लेखनका महारथी यासेलीलाई यस पटक भने आफ्नो संगीतमा वनेको गीतको निर्देशन गर्ने जागर चलेको देखियो ।

लिम्वु भाषाको चर्चित चलचित्र नुमाफुङदेखि हालसम्म दर्जनौ म्युजिक भिडियो र चलचित्रमा विभिन्न भूमिकामा उत्रिसकेका कलाकार यासेलीले एक्सन.. कट.. को दौरानमा (हास्दै) भने: भीरमा फल्न नजानेको फर्सि जस्तो अनुहार कति (काचको पर्दा) देखाउने भनेर यसपटक अरुलाई देखाउदैछु ।’ नौ महिना कोखमा राखेर दश धारा दुध खुवाएर घामपानी गर्दै दुःखजिलो गरेर हुर्काउने आमालाई सन्तानले गरेको मायालाई म्यूजिक भिडियोमा देखाउन खोजिएको तर्फ इङि्गत गर्दै यासेलीले थपे : ‘सबै सन्तानको लागि आमाको काख न्यानो र स्वर्ग जस्तो झझल्को दिने भएकाले भिडियो कालजयी हुने समेत विश्वास छ ।’ चर्चित कोरियोग्राफर दिनेश माङ्मुले सहायक निर्देशन र आशा सुहाङ र सुनिता थेगिमले छायाँकन गरिएको गीतमा स्वर दिएका छन् । भिडियोमा कलाकारहरु आशा सुहाङ, रुकमान लिम्बू, सुक तुम्रोक र बाल कलाकार हरु युना तुम्बापो, शितल राई, टिना राई, टिमन राई आदि छन र भुपेन तुम्बाहाम्फेले क्यामेराको काम गरेका छन ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार