लेटाङ को वारंगीमा महेशले नचाए, तक्मेले हँसाए ।

लेटाङ । शनिवार साँझ मोरङ वारंगीको चिसो मौषम एकाएक ताँतियो, जव स्टेजमा चर्चित हाँस्यकलाकार विल्सन बिक्रम राई तक्मे प्रमुख आकर्षकका रुपमा उक्लिए । वराह मेलाको अवसरमा दोस्रो वारंगी साँगीतिक कार्यक्रममा तक्मेले दर्शकलाई हाँसोको क्यापसुल खुवाए झै बनाए ।
हौ लाखे है , सेवारो है सेवारो भन्दा उपस्थित दर्शकदिर्घाबाट तालि र हुटिङले माहौल झन तातियो । त्यसबेला दर्शकले पहाडको चिसो र सिरेटोको कुनै प्रवाह गरेनन् । तक्मे बुढा बनेर स्टेज उक्लिएका विल्सनले बिभिन्न किस्हाहरु सुनाएर हँसाएको हँसाइ बनाए ।
सुन साईली साईली परदेश बाट म आउँला ४० कटेसी रमाउला , यो गीत कस्ले लेखेको हो, विल्सनले भने, अनि छुट्टीमा आउँदा चाँहि म कहाँ सुत्नु । छुट्टी हुँदैन,रमाउनु परेन । दर्शकहरुमा हाँसोको फोहोरा छुटयो ।उनले मोवाईलले नजिकको सम्बन्धहरु टाँढा र टाँढाका सम्बन्ध नजिक बनाएको भन्दै व्यङ्ग गरे । यि नजिकहरु हुनेहरु बोल्दैनन्, तर फेसबुक र फोनबाट टाँढा टाढाको खाना खायौ,लब भन्दै फोनमा झुण्डिन्छन् । उनले मायाले संसार थाम्दैन भन्दै माहौल झन आकर्षक बनाए । मायाले संसार थाम्ने भए बिहे गरेको एक महिनामा किन बिदेश जानु पर्थियो,उनले भने ।


तक्मे बुढाबाट स्टेजबाट विदा भएपछि उनी विल्सन बिक्रम बनेर आए, त्यसपछि उनले बिभिन्न हाँस्य खुराक पस्किए । बिभिन्न गीतमा आकर्षक नृत्य गरेर दर्शक दिर्घालाई भरपुर मनोरञ्जन दिलाए ।
कार्यक्रममा चर्चित लोकगायक महेश बुढाथोकीले पनि साँगीतिक माहौल तताए । उनले होस गर है सोल्टीनी, कति राम्रो बत्तिसै दन्त लगायत गीत पस्किएर दर्शक दिर्घालाई छमछमी नचाँए । उनको गीतमा कार्यक्रममा प्रमुख अतिथी साँसद उपेन्द्र घिमिरे लगायत छमछमी नचाएका थिए । कार्यक्रममा स्थानीय कलाकारहरुको पनि आकर्षक प्रस्तुपि रहेको थियो । कार्यक्रम संयोजक विष्णुकुमार लिम्बूले कार्यक्रम सम्पन्न गर्न सहयोग पुर्याउने सबैमा धन्यवाद प्रकट गरे ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार