किरात याक्खा छुम्मा हङकङको देउसीभैलो सम्पन्न

  टोपबहादुर याक्खा

२५ नोभेम्बर, हङकङ– किरात याक्खा छुम्मा हङकङद्धारा बलिहाङ तङनामको उपलक्ष्यमा मंकहिलमा “देउसी भैलो तथा शुभकामना आदनप्रदान कार्यक्रम–२०१८” सम्पन्न गर्यो ।
याक्खा छुम्माका अध्यक्ष पूर्ण प्रसाद देवानको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रमको प्रमुख अतिथि नेपाल आदिवासी जनजाती महासंघ हङकङकी उपाध्यक्ष कविता थापामगर रहेकी थिइन् । त्यस्तै गरि विशेष अतिथिहरूमा अन्य ३ किराती संस्थाका अध्यक्षहरु क्रमशः किरात राई यायोक्खा हङकङका अध्यक्ष हरिचन्द्र राई, किरात याक्थुम चुम्लुङ हङकङकी अध्यक्ष अशली वनेम र सुनुवार समाज हङकङका अध्यक्ष श्यामकर्ण सुनुवार रहेका थिए भने अन्य अतिथिहरुमा नेपाल फाइनान्सका अध्यक्ष धिरज कुमार राई, बगैचा लिमिटेडका डाइरेक्टर सुवास राई, नरेश सनुवार लगायतका विभिन्न संघ संस्थाका अध्यक्ष तथा प्रतिनिधीहरु रहेका थिए ।
पानी झरी बीचको प्रतिकुल मौषमका वापजुद आयोजित उक्त कार्यक्रममा छुम्माका अध्यक्ष पूर्ण प्रसाद देवान र प्रमुख अतिथि कविता थापामगरद्धारा पानसमा बत्ति बालेर उद्धघाटन गरिएसंगै अन्य औपचारिक कार्यक्रमलाई थाति राखेर छुम्माका अध्यक्ष पूर्ण प्रसाद देवानद्धारा शुभकामना मन्तब्य सहित देउसी भट्याउँदै देउसीभैलो कार्यक्रमलाई अगाडी बढाएका थिए ।
गतसालहरुमा झै औपचारिक कार्यक्रम संगै केइलाक, डोकेनी लाक, याक्खा भेषभूषा प्रतियोगिता, लक्की ड्र लगायतका विधित मनोरञ्जनात्मक कार्यक्रम तय गरिएको भएता पनि प्रतिकुल मौषमका कारण यस पटक सम्पूर्ण कार्यक्रमहरु स्थगित गरिएको थियो ।
देउसी भैलो लगत्तै नाँचगानका साथमा सम्पन्न भएको उक्त कार्यक्रममा बि.बि.क्यू, याङबेन सहितको बंगुरको भुटुवा, सेल रोटी लगायत विविध याक्खा परिकारहरुको समेत व्यवस्था रहेको थियो ।

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार